विराटनगर । विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलको चौथो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पताल परिसरमा पुस ९ र १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो ।

काठमाण्डौंबाट विशेषज्ञ चिकित्सक टोली ल्याएर स्वास्थ्य शिविर र रक्तादन कार्यक्रम पनि आयोजना गरिने अस्पतालका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ, युरिक एसिड बढी भएको प्यारालाइसिस तथा अन्य हाडजोर्नी र नसा रोग सम्बन्धी सेवाहरू संचालन हुने बताइएको छ ।

काठमाण्डौंबाट आउने प्राकृतिक चिकित्सक डा. सुनिल कुमार पौडेलको नेतृत्वमा आएको तीन जना टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । काठमाण्डौंबाट आएका डा. पौडेलको नेतृत्वमा आएको टोलीसहित २० जना विशेयज्ञ चकित्सकले शिविरमा सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । दुई दिनसम्म संचालन हुने शिविरमा २ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिने हस्पिटलले अपेक्षा राखेको छ ।

अस्पताल परिसरमा आयोजना गरिने खुल्ला रक्तदानमा १ सय भन्दा बढीले रक्तदान गरिने भएको छ ।

पुस १० गते हुने वार्षिक उत्सवमा अस्पतालले वर्षभरीको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गर्ने भएको छ । यस अस्पतालबाट दैनिक ६० देखि ७० जनाले सवो लिने गरेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार देशभरीमा १४ वटा अस्पतालको शाखा रहेको बताए ।

काठमाण्डौबाट मात्र ४ वटा रहेको छ । वार्षिक १४ हजार विरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् । यस अस्पतालमा बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्धार गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, मुख बाङ्गिएकोलागयतको उपचार हुने गरेको छ ।
फोटो छ ।