धरान । पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चल २०१९ मा प्रतिस्प्रधा गरिरहेको २० जना प्रतिस्प्रधीहरुले शुक्रबार धरानको फ्रेन्ड्स गार्डेनमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९को महत्वपुर्ण सब – टाइटल पेप्सी मिस ट्यालेन्टमा अनुषा लिम्बु , बिपना तामांग , सिम्रन लिम्बु , रेश्मा राई र अस्मिता लिम्बुले कविता , एन्जल राई, सुष्मिता बराइली , निवेदिता राजभण्डारी , मिलिमा श्रेष्ठ , अनुपमा बस्नेत ,रेजिना राई , सिम्रन प्रधानले डान्स , निशा धिताल , अन्जु बुढाथोकीले अभिनय , गोमा बिस्वकर्माले स्पीच , शशि बिशंखे , वर्षा श्रेष्ठ , स्वेता पोख्रेलले गीत र रिजु भट्टराईले चित्रकला प्रस्तुत गरेका थिए । उनीहरुले नृत्य, अभिनय, गायन तथा नाटक मञ्चन गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस ट्यालेन्टको निर्णयकहरुमा बराह ग्रुपका प्रदेश न . १ सचिवालय संयोजक तथा बरिष्ट प्रशासकीय अधिकृत गंगा कालिकोटे , पत्रकार देबेन्द्र कार्की , सिजी ब्रुवरीका डेपुटी म्यानेजर खेम कुइकेल, नृत्य निर्देशक निका मोक्तान , र मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बु रहेका थिए ।
आगामी पौष ५ गते हुने दसौ मिस पुर्वान्चलको फिनालेमा पेप्सी मिस ट्यालेन्टको घोषणा  गरिने छ ।

IMG_9829