उदयपुर / उदयपुरको साउनेमा टिपरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा आगलागी भएको छ । गाईघाट–दित्तेल सडक खण्डको त्रियुगा नगरपालिका–१४ साउनेमा टिपर ब्याक गर्ने क्रममा मोटरसाईकललाई ठक्कर दिदा आगलागी भएको हो ।
ना १ क ७६९९ नम्बरको टिपर व्याक गर्ने क्रममा स ८ प ६७०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा विहान करिब १०ः३० बजे तार सर्ट भई आगलागी हुदा मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा आगलागी भएपनि चालक त्रिनपा– १४ साउने निबासी ४३ वर्षिय मेघजित राईलाई सकुशल रहेको प्रहरीले जनाएको छ । उक्त ठकर दिने टिपर प्रहरीको नियन्त्रणमा रहेपनि चालक फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।