धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस्फोटमा परी घाइतेहरुको धरानस्थित वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई विहान ६ बजे धरान ल्याइएको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ स्थित महेन्द्रनगर बजारमा भएको बम बिस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इञ्चार्ज इस्पेक्टर अमिरकुमार दाहालको धरानमा उपचारको क्रममा मृत्यु भएको छ । , स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा १६ वर्षका आनन्द साहको घटना स्थलमै मृत्यु भएको इप्रका महेन्द्रनगरका असई किरण अधिकारीले जानकारी दिए ।
वीपी प्रतिष्ठानमा राजेशका १४ बर्षीय छोरा प्रकाश साह, १९ बर्षीृय छोरी अञ्जली साह, प्रहरी जवान रिजनाथ कहतोको उपचार भइरहेको छ । प्रकास र महतो गम्भीर घाइते छन् । बमको छर्राले दाया कोस, चाकलगायतमा चोट लागेको छ । रगत बहन नरोकिएको चिकित्सकले जनाएका छन् ।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम बिस्फोट हुँदा तीन जनाको ज्यान गएको हो ।
असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ भएर काम गरेको दाहालका काका प्रहरी इन्स्पेक्टर होमनाथ दाहालले जानकारी दिए ।
यसरी भयो घट्ना
राती बम राखको सूचना पाए पछि इस्पेक्टर दाहालको नेतृत्वमा प्रही टोली पुगेको थियो । असई किरण अधिकारीका अनुसार राजेशको घर भित्र पछाडी पटीको गेटसम्म पुगेर राजेश, आनन्दसाथमा रिजनाथ, अमिरकुमार दाहाल घर भित्र पस्तै गर्दा गेट खोल्ने वितिकै बम विस्फोटन भएको थियो । ठूला आवाजमा पड्किएको बमको छर्राले राजेश र आनन्दको घटना स्थलमै मृत्यु भयो । दाहाल र महतो, उनका राजेशका छोरा प्रकाश गम्भीर घाईत भएका थिए । उनीहरुलाई राती नै धरान ल्याइएको थियो ।
राजेश साहका आफन्त लक्ष्मी नारायण महतोका अनुसार राजेश स्थानीय औषधी व्यवसायी गरेर बस्दैंआएका थिए । उनका अर्का छोरा डाक्टर पढ्दैं छन् ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।