लक्ष्मीमार्ग । मोरङको सुन्दरहैचा गोठगाउँमा स्थीत पुर्वाञ्चल बिश्व विद्यालयमा पहिलो पटक शुक्रबार  ९औं दीक्षान्त समारोह भएको छ । उक्त दीक्षान्त समारोहमा एकै पटक झण्डै १० हजार विद्यार्थी दीक्षित भएका छन् ।

शिक्षा तथा प्रविधी मन्त्री गिरीराजमणी पोख्रेलले पुर्वाञ्चल बिश्व विद्यालय अन्तर्गत बिभिन्न संकायका ९ हजार ९ सय ८८ विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् । जसमध्ये कला संकाय तर्फ ३ सय ९ जना, शिक्षाशास्त्र संकाय तर्फ १ हजार ८ सय ८६ जना, कानुन संकाय तर्फ ४ सय २५ जना, व्यवस्थापन संकाय तर्फ ३ हजार २८ जना, चिकित्साशास्त्र संकाय तर्फ २ हजार १ सय ६६ जना र विज्ञान तथा प्रविधि तर्फ २ हजार १ सय ७४ जना विद्यार्थीहरु दीक्षित भएका हुन् ।

सरकारले दुई दशक अघि गोठगाउँ स्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन र करोडौं लागतमा निर्मित भौतिक पूर्वाधारहरु हाल लथालिङ्ग अवस्थामा रहेका छन् । मर्मत अभावमा आकर्षक भवनहरुको अबस्था नाजुक छ ।

विश्वविद्यालय भित्रका करोडौं लागतका निर्मित भवनहरु अहिले जङ्गल भित्रको भूतघर जस्तै देखिरहेका बेला भएको दीक्षितले भने केहि आसा पलाएको विश्व विद्यालय नजीकैका स्थानीय सोहन आमगाई बताउछन् । अत्याधुनिक र आकर्षक भवनहरु घाँस र जङ्गलले घेरिएकार गाईवस्तु चरन क्षेत्र बनेका छन् ।

उक्त समारोहमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पुर्व मन्त्री लालबाबु पण्डित, मिनेन्द्र रिजाल, शिवकुमार मण्डल, सुन्दरहरैचा नगरपालीका प्रमुख शिवप्रसाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।