खोटाङ । सामान्य विवादमा मुस्ली प्रहार गरेर खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका २४ वर्षीय रमेस राईको हत्या गरीएको छ ।

दाजु अर्जुन राईसंग भुकम्प पुनःनिर्माण कार्य अन्तरगतको घर निमार्ण गरेर फर्कीदै गरेका राईसंग बाटोमा भेट भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका बलराम राई , अशोक राई र बबिन राईको समूहले टाउको मुस्ली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

मुस्ली प्रहार पछि घइते भएका राईको हलेसी स्थित एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । घटानापछि घटनामा संलग्न तीनैजना फरार रहेकोले उनिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।