ब्लाष्टखबर । अनुयायी बलात्कार गरेकाे आरोप लागेका  कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई तेस्रो पटक म्याद थप गर्नकाका लागी आज (शुक्रबार) अदालत उपस्थित गराईंएकाे छ ।

 विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत सुनसरी लगेकाे हाे । 

कार्त्तिक ४ गते आफुलाई बलात्कार गरेकाे भन्दै महिला अनुयायीले किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई नर्सिङ होमकाे सघन कक्षबाट मंसिर १६ गते पक्राउ गरेकाे थियाे । उनकाे  स्वास्थमा समस्या रहेकाे बताएपछि थप उपचारकालागी पुनः अस्पतालमै राख्न आदेश दिदै यस अघि अदालतले प्रहरी अनुसन्धानकालागी चार दिन र २० दिन गरी दुइपटक म्याद थप गरी सकेकाे छ ।