विराटनगर  /  उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग लगाएको छ । न्याय सम्पादन छिटो र छरिता सेवा प्रदान गरि पीडितलाई न्यायको अनुभुति दिलाउन अदालतमा बिचौलिया प्रवेशमा रोक लगाएको हो ।
उच्च अदालत विराटनगरमा हालै सरुवा भएर आएका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठले विचौलियाहरूको अदालतमा प्रवेश नियन्त्रणका लागि प्रवेश पास प्रणाली लागू गरिएको बताए । ‘अदालतको सुधारको अभियान प्रारम्भ भएको छ,’ मुख्य न्यायधीश श्रेष्ठले भने, ‘अदालत सुधार अभियान गठन गरिनेछ । यो सुरुवात चाँडै हुनेछ ।’ अदालतले प्रभाह गरेको न्याय सम्पादनको विषयमा न्यायधीसँग अन्र्तक्रिया कार्यक्रम पनि राखिने उनले बताए । प्रास्तावित कार्यक्रमको बारेमा जानकारी दिदै न्यायधीश श्रेष्ठले विपन्न र असहायहरूका लागि निःशुल्क कानूनी सहायता केन्द्रको स्थापन गरिने जानकारी दिए ।
न्यायिक प्रक्रिया र अदालतमा प्राप्त सेवाका सम्बन्धमा जानकारीका लागि ‘समुदायमा अदालत कार्यक्रम’ संचालन रहेको उनले बताए । ‘अदालत व्यवस्थापन सम्बन्धि गुनासो सुनवाईका लागि महिनामा एक पटक अन्र्तक्रिया राखेका छौं,’ उनले भने, ‘सेवाग्राही र मुख्य न्यायाधीश बीच अन्र्तक्रिया हुनेछ ।’ एकल महिला जेष्ठ नागरिक र बालवालिका तथा विकास निर्माण सम्बन्धी मुद्दाको सुनवाइमा प्राथामिकता दिने उनले बताए । कारागारमा न्यायिक शिविर संचालनलाई पनि पहिलो प्राथामिकमा राखेको मुख्य न्यायधीश श्रेष्ठले बताए । ‘हामी चाहन्छौं, न्यायमा पहुँचमा सहज भएर अदालतप्रतिको आस्था र विश्वासमा वृद्धिहोस,’ उनले भने, ‘अदालतका सेवाग्राहीमा बिचौलियाको प्रभाव नपरोस भनेर प्रवेश पास प्रणाली लागू गरिएको हो ।’
न्यायका लागि नागरिक समाज र संचारकर्मीहरूको साझेदारिता विषयक अन्र्तक्रिया कार्यक्रममा आयोजना गरिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र बावु थपलियाले बताए । कार्यक्रममा उद्योगी, व्यापारी, अधिकारकर्मी र संचारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरूले न्याय सम्पादन छिटो र छरितो तरिकाले हुनुपर्ने बताएका थिए ।