धरान/ कमेडी च्याम्पियनमा इटहरीका सुमन कोइराला टप १५ भित्र पर्न सफल भएका छन् ।

कमेडी क्षेत्रको पहिलो रियालिटी शोका रूपमा रहेको कमेडी च्याम्पियनमा आफ्नो प्रतिभाका कारण उनी टप १५ मा पर्न सफल भएका हुन् । कोइरालाको प्रस्तुतिबाट निर्णायकहरू सन्तुष्ट देखिएका छन् । दर्शकहरूबाट पनि माया पाइरहेका छन् ।

सानैदेखि हास्यक्षेत्रमा रुचि राख्ने उनको लागि यो शोले आफूलाई ठूलो मद्दत गरेको उनले बताए । उनले कन्टेन्ट बेसमा रहेर कमेडी गर्दै आइरहेका छन् । नेपाली यथार्थ विषयलाई उनले जोड दिने गरेका छन् ।

टप १० मा पुग्नका लागि उनले ‘रक्सीभट्टी’ बारेको विषयमा प्रस्तुति दिएका थिए । त्यसका लागि उनलाई भोटको पनि आवश्यकता पर्छ । उनले भोटका लागि आग्रह गरेका छन् । कमेडी च्याम्पियन बन्नेले नगद २५ लाख रुपैयाँसहित एउटा कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।