श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २६ गते बिहीबार, १२ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको पूर्णिमा तिथि ११ः०२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रोहणी ०७ः२० बजेसम्म, उप्रान्त मृगशिरा । चन्द्रमाराशि वृष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । नयाँ कार्य, व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रमा सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा नसा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या तथा बुद्धिको विकास हुनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ला । धन आर्जनको नयाँ स्रोत पत्ता लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । नयाँ कार्य, व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेटघाट एवं खानपिन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । आर्थिक सङ्कट आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य व्यवसायमा शुभारम्भ हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।