धरान / इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहित दुई जनालाई धरानबाट पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरीरहेको अवस्थामा संखुवासभा भोटखोला–१ का २८ बर्षीय साङबु शेर्पा, धरान–१९ का ३७ बर्षीय सुरज राईलाई पक्राउ गरेको हो । शेर्पालाई मंसिर २३ गते साँझ धरान–८ तीनकुने चेकपोष्टबाट र राईलाई धरान–२ भानुचोकबाट पक्राउ गरिएको इप्रकाका डिएसपी ढुण्ढीराज न्यौपानेले जानकारी दिए ।
शेर्पाको साथबाट ८० मिलीग्राम हिरोइन र राईको साथबाट २० ट्याब्लेट नाइट्रोजन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत इनरुवाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।