धरान / पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’ को दशौं संस्करणको अहिले भव्य तयारी भइरहेको छ ।
आगामी पौष ५ गते धरानमा आयोजना हुने यस प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूमध्येको सबैभन्दा बढी फेसबुकमा लाइक पाउने प्रतिस्पर्धीले फेस अफ डिभाइन टाइटलसहित नगद १५ हजार पुरस्कार पाउनेछन् ।

मिस पूर्वाञ्चलको दशौं संस्करणको सह–प्रायोजक डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन प्रा लि रहेको छ । गतवर्ष सबैभन्दा बढी लाइक पाएर प्रतियोगी आकृति आचार्यले टाइटल जितेकी थिइन् ।
यो वर्ष मिस पूर्वाञ्चलको दशौं संस्करणमा धरानबाट अनुषा लिम्बू, अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशी बिसङ्खे, सिमरन प्रधान, सिमरन लिम्बू, रतुवामाई इटहराबाट विपना तामाङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बू, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङबाट एञ्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राईका साथै धनकुटाबाट रेश्मा राई र अञ्जु बुढाथोकी प्रतिस्पर्धी रहेका छन् ।

सिल्भर इण्टर टेनमेण्टको आयोजक रहेको मिस पूर्वाञ्चल २०१९ को सबै प्रतिस्पर्धीहरू फिनालेको लागि प्रशिक्षण मा व्यस्त छन् ।
यो वर्षको फेस अफ डिभाइनको टाइटल जित्न डिभाइन वाइनको अफिसियल फेसबुक पेजमा रहेको प्रतियोगीको फोटो लाइक तथा शेयर गर्नुपर्ने हुन्छ ।