धरान / प्रदेश नं. १ स्तरीय पहिलो स्टेट वान सिङ्गिङ आइडलको फाइनल आज (बुधबार) धरानमा हुँदै छ ।
धरान सभागृहमा रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ आइडलमा विभिन्न चरणको अडिसन तथा निर्णायकहरूको विभिन्न चरण पार गर्दै फाइनलका लागि नौ जना प्रतियोगीहरू भिड्दैछन् ।

भोजपुरका सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामाङ, पाँचथरका डेबिट लिम्बू, धनकुटाकी शान्ता लिम्बू, धनकुटाका हिमाल मगर, सुनसरीकी गोमा कुलुङ र झापाका समिर मोतेलगायत नौ प्रतिस्पर्धीहरूले फाइनलमा प्रस्तुत गर्ने गायनबाट सिङ्गिङ आइडलको छिनोफानो हुनेछ ।

वरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ आइडलको अन्य निर्णायकहरूमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरू गाएर नाम कमाएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार गङ्गाराज राई र सङ्गीतकार रामकुमार राजधामी रहनेछन् ।
स्टेट वान सिङ्गिङ आइडलको विजेताले भेस्पा स्कुटी, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् ।