ऐतिहासिक पृष्ठभूमिमा आधारित कङ्गना रनौत अभिनित फिल्म ‘मणिकर्णिका’ जापानमा रिलिज हुने भएको छ ।

कङ्गना रनौत र राधाकृष्ण जगरलामुदीद्वारा निर्देशित यो फिल्म आगामी ३ जनवरीमा जापानमा रिलिज हुन लागेको हो । फिल्म महारानी लक्ष्मीबाईको जीवनीमा आधारित छ ।

यो फिल्म ‘जी स्टुडियोज इण्टरनेसनल’ मा रिलिज हुनेछ । जी स्टुडियोज इण्टरनेसनलका प्रमुख विभा चोपडाका अनुसार फिल्ममा रानी लक्ष्मीबाईको वीरता, शक्ति र बलिदान देखाइएको छ ।

फिल्ममा कङ्गना रनौत, अतुल कुलकर्णी, सुरेश ओबेराय, डैनी र अङ्किता लोखण्डेले अभिनय गरेका छन् । अभिनेत्री अङ्किता लोखण्डेले यही फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।