श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २३ गते सोमबार, ०९ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको द्वादशी तिथि ०९ः३२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणि २३ः३२ बजेसम्म, उप्रान्त कृतिका । चन्द्रमाराशि मेष, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । रोकिएको काम सुचारु हुनेछ । पारिवारिक जीवन सुखदायी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जामिन तथा वाहन खरिद हुनेछ । परिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आवश्यक काममा फसिएला

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्म कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमइलो भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको अवसर मिल्ला । सानो लगानी बाट ठुलै उपलब्धि होला । मन प्रसन्न बन्नेछ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । धर्म कर्ममा मनजाने छ ।