धरान/ पूर्वका धेरै युवाहरू लाहुरे बन्ने सपना लिएर धरानमा आउने गरेका छन् । सधंै झै यस वर्ष पनि ब्रिटीश गोर्खा र सिङ्गापुर पुलिस फोर्सका लागि नयाँ भर्तीको पूर्वाञ्चलको क्षेत्रीय रिकुटीङको छनोट गर्ने काम सफलतापूर्वक सकिएको पूर्वाञ्चलका रिकुटीङ अफिसर क्याप्टेन हरिप्रसाद राईले बताएका छन् ।

यस वर्ष पूर्वाञ्चलका ५ हजार ७ सय ३४ जना युवाहरूले ब्रिटीश गोर्खा सैनिक र सिङ्गापुर पुलिस फोर्सका लागि रजिष्टे«शनको गेट पास पाएका थिए । तीमध्ये सबै टेष्ट पास गर्नै १ हजार पूर्वको सेन्टर छनोटमा परेका छन् भने ३ सय जना भर्तीका लागि रजिष्ट्रेशन दर्ता गरे पनि विभिन्न कारणले उपस्थित हुन सकेनन् । गत वर्षको तुलनामा यस वर्ष एक हजार भन्दा बढीले रजिष्टे«शन भरेका थिए ।

यो वर्ष भर्ती छनोट प्रक्रियामा ृृआएको केही परिर्वतनका कारण पनि पूर्वका युवाहरूले सोचेको भन्दा पनि राम्रो नतिजा ल्याएको क्याप्टेन राईले बताएका छन् । पूर्वाञ्चलको क्षेत्रीय स्तर बाट लाहुरे भर्तीे लाग्ने कार्य शुरु भएको अहिले ३४ वर्ष भइसकेको छ । नेपालबाट ब्रिटीश गोर्खा सैनिकमा ४ सय ३४ जना युवाहरू बेलायत लैजाने गरेका छन् भने सिङ्गापर पुलिस फोर्सका लागि १ सय ४० जना लैजाने गरेको ब्रिटीश गोर्खाै सैनिकका कमाण्डर ओ.सी. सेन्डी नाइटएगलले बताउँदै ब्रिगेड अफ गोर्खाको बारेमा समेत उनले जानकारी गराएका थिए ।

क्षेत्रीय स्तरको भर्तीको लागि छनोट प्रक्रिया सफल बनाउन धरानका ब्रिटीश गोर्खा भूपू सैनिक, अल रेजिमेन्ट एसोशिएसन, धरानका, प्रहरी प्रशासन र धरानबासीहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विशेष सहयोग रहेका कारण नै धरानको रिकुटीङ्ग कार्य सफल भएको ब्रिटीश गोर्खा सैनिका ओ.सी.सेन्डी नाइटएगलले बताएका छन् ।

उनले भेटघाट कार्यक्रमको अवसरमा सबैलाई धन्यवाद समेत दिएका छन् । पहिले र अहिले भर्तीे गरिने टेष्टहरूमा धेरै फरक आएको छ । यस वर्ष रजिष्ट्रेशनमा नै युवाहरूको सङ्ख्या बढेको थियो । क्षेत्रीय स्तरको छनोट प्रक्रियामा भर्र्ती लाग्न युवाहरूले विशेष गरी ४ वटा टेष्ट पास गर्नुपर्ने हुन्छ । ती हुन् पहिलो मेडिकल, दोस्रो शारीरिक, तेस्रो योग्यता चौथोमा अन्तर्वाता यी चारवटा टेष्ट पास गर्दा मात्रै क्षेत्रीय छनोटमा पास हुन्छ त्यसपछि पोखराको अन्तिम फाइनल टेष्टसमेत पास गर्नुपर्ने हुन्छ । तर, कति पय युवाहरू विभिन्न टेष्टमा नै फेल हुने गरेका कारण नै फाइनल छनोटमा पुग्न नसकेको पूर्वाञ्चलका ए.आर.ओ क्याप्टेन हरिप्रसाद राई बताउँछन् ।

सधैं भन्दा यो वर्ष धेरै युवाहरूले बढी रजिष्टे«शन दर्ता गरेका थिए यसको श्रेय टीम वर्क र गाउँको कुना कुनामा गएर लाहुरे भर्तीको बारेमा चेतनामूलक कार्यक्रम गरेको कारण गत वर्षको तुलना भन्दा यस वर्ष भर्तीका लागि आउने युवाहरूको धेरै सङ्ख्या बढेको थियो । ब्रिटीश गोर्खा सैनिक र सिङ्गापुर पुलिस फोर्सका भर्तीका लागि धेरै आउने जिल्लाहरूमध्ये पहिलो सुनसरी र दोस्रो खोटाङ रहेको छ । यी दुई जिल्लाहरूमा २० देखि २५ जनाको सङ्ख्यमा नै फरक देखिन्छ । त्यस पछिका जिल्ला झापा,मोरङ, र अन्य पहाडी जिल्लाहरू पछि रहेका छन् । तीमध्ये त्यस्तै सबैभन्दा पछि परेको जिल्ला सिरहा, सप्तरी रहेको रिकुटीङ्ग अफिसर बताउँछन् ।

यो जिल्लाहरूबाट लाहुरे भर्ती लाग्ने युवाहरूको सङ्ख्या पहिले शुन्य नै हुन्थ्यो । तर, अहिले भने यस जिल्लाबाट समेत लाहेुर जान थालेका छन् । गतवर्ष थारु, चौधरी समुदायबाट दुई जना भर्ती लागेका थिए । अहिले ब्रिगेड अफ गोर्खामा समेत अहिले समावेशी नीति अपनाएका कारण केही परिवर्तन आएको छ । अहिले जुन ठाउँबाट लाहुरेमा भर्तीका नलागेका र भर्तीका लागि निवेदनसमेत नदिएका त्यस्ता जिल्लाहरूमा गएर विशेष चेतनामूलक कार्यक्रमहरू गदै आइरहेका छन् । लाहेुर समुदायको इतिहास नै पहिला बाउ बाजे पुर्खादेखि नै जागिर जाने र भर्ती लाग्ने भनेपछि राई लिम्बू, मगर, गुरुङ तामाङहरु नै बढी लाहुरे लाग्ने गरेका कारण पनि जातीय दृष्टिकोणले पनि जनजाति समुदाय नै लाहुरे भर्ती लाग्नेको सङ्ख्या बढी देखिन्छ । यही जनवरी १० तारिकदेखि लाहुरे भर्तीको फाइनल छनोट शुरm हुने भएको छ ।