१४ डिसेम्बरमा हुने मिस वल्र्ड प्रतियोगितामा सहभागी हुन लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठ १ सय २४ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।

मिस वल्र्डको फाइनल मिति नजिकिएसँगै भोटिङ प्रक्रिया पनि शुरु भइसकेको छ । लण्डनबाट अनुष्काले त्यहाँका हरेक गतिविधि सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । ‘भिजिट नेपाल २०२०’ को प्रचारका लागि तयार गरेको भिडियो पनि त्यहाँ देखाइरहेकी छन् ।

सामाजिक सञ्जालमार्फत् अनुष्काले सम्पूर्ण नेपाली एवम् शुभचिन्तकहरूलाई भोटको अपिल गरिरहेकी छन् । ‘७ दिन मात्र बाँकी छ फाइनलको लागि’ फेसबुकमार्फत् उनले अनुरोध गरेकी छन्, ‘सामाजिक सञ्जाल चलाइरहेको बखत, एक भोट नेपाली चेलीको लागि गरिदिनुहोला, फेसबुक, इन्स्टा, मोबस्टार एपमा गएर फोटो लाइक, कमेण्ट गर्दा हजुरको भोट गणना हुनेछ ।’

मिस वल्र्डको पहिलो राउण्ड सम्पन्न भइसकेको छ, जहाँ ‘हेड टु हेड च्यालेञ्ज’ अन्तर्गत सबै सुन्दरीहरूले आफ्नो ‘इन्ट्रोडक्सन भिडियो’ र ‘ब्युटी विथ प्रपोज’ को बारेमा बोलेका थिए ।