इटहरी । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सुर्य कम्लेक्समा रहेको बिग बारमा आगलागी भएको थियो । बिग बार रेष्टुरेण्टबाट आगो सल्किएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

साडे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । विरानगर,दमक,सप्तरी,धरानको २ वटा दुहवी,महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।

आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाए । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।