श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २२ गते आइतबार, ०८ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको एकादशी तिथि ०७ः३२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनि २३ः३२ बजेसम्म, उप्रान्त भरणि । चन्द्रमाराशि मेष, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । रोकिएको काम सुचारु हुनेछ । पारिवारिक जीवन सुखदायी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेको कामकाज सुचारु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जामिन तथा वाहन खरिद हुनेछ । परिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । रोकिएर रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दामामिलामा तपाईको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुनचाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । सानो कामबाट ठुलै उपलब्भि हासिल हुनेछ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलो वातावरणमा दिन बित्ला ।