ब्लाष्टखबर । फिल्म ‘प्रेमगीत ३’ का मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भूमिकामा काम गरेकी योगिशा खत्रीको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गरिरहेको यो फिल्म उनीहरूले नै निर्माण गर्दै छन् । चङ्खे शङ्खे पङ्खे, प्रेम गीत, प्रेम गीत २, मेरी मामुपछिको निर्माता सेनको यो पाँचौं फिल्म हो ।

फिल्ममा अनुभव र योगिशाका अलावा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्करलगायतको अभिनय रहेको छ । चैत २८ मा प्रदर्शन हुने फिल्मको यतिबेला मनाङमा छायाङ्कन भइरहेको छ ।