मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मदर मधुमल्ला मा.वि.ले अन्तर सदनात्मक खेलकुद कार्यक्रम अन्र्तगत श्री सत्य साइ मेमोरीयल सुपर फाइभ रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी १० औं संस्करणको खेलकुद कार्यक्रम सम्पन्न गरेको हो । अन्तर सदनात्मक रुपमा लिग आधारमा संचालन गरीएको छात्र -छात्रा फुुटबल प्रतियोगिता संचालन गरिएको बिद्यालयका सहायक प्रिन्सिपल पुष्प बरालले बताए ।

प्रतियोगिता अन्र्तगत छात्र तर्फ लुम्बिनी सदन प्रथम र मनकामना सदनले द्धितिय स्थान हाँसिल गरे । त्यस्तै छात्रा तर्फ जनकुर सदन प्रथम र लुम्बिनी सदनले द्धितिय स्थान हाँसील गरे । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँशिल गर्ने सदनात्मक खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गपरिएको थियो ।

खेलकुद अवधीभर छात्रा÷छात्र तर्फ उत्कृष्ट खेलाडीहरु सलिना खड्का र धिरेन दाहाल घोसित भए ।
बिद्यार्थीहरुको खेल कौशलमा वृद्धी गर्दैै विद्याथीहरुको क्षमता र दक्षतामा समेत विकाश गराउने उदेश्यले सत्य साई मेमोरीयल सुपर फाइभ रनिङ सिल्ड फुटबल प्रतियोगिता बिद्यालयले बार्षिक रुपमा संचान गर्दै आएको बिद्यालयक प्रिन्शिपल विकाश गुरुङले बताए ।