यासोक / पाँचथर  । पाँचथरको कुम्मायक गाउँपालिकाले पहिलो पटक कृषि प्रर्दशनी मेला आयोजना गर्ने भएको छ ।

शुक्रबार गाउँपालिकामा कार्यपालिकाको बैठकले बृहत कृषि प्रर्दशनी गर्ने बिषयमा निणय गरेको हो चासो तङनामको अवसर मंसिर २६ गते कृषि प्रर्दशनी गर्ने निर्णय गरेको छ । नेपाल सरकारले पहिलो पटक सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको गाउँपालिकामा पहिलो पटक कृषि प्रर्दशनी गर्न लागिएको हो ।

प्रर्दशनी मेला संचालन गर्नको लागि कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोरा अध्यक्षमा ७ सदस्य समिति गठन गरिएको छ । समितिले कृषि प्रर्दशनी मेला सम्पन्न गर्न भुमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइले बताए ।

प्रर्दशनीमा खाद्यन्य, तरकारी, फलफुल, तेलहन र दलनबाली लगायतका कृषि उपज वस्तुको प्रर्दशनी हुने समितिका सम्योजक तथा वडा अध्यक्ष यामबहादुर बोहोराले बताए । प्रर्दशनी मेलामा सहभागी कृषकहरुले अनिवार्य वडा कार्यालयको सिफारिस ल्याउनु पर्ने छ ।

प्रर्दशनीमा उकृष्ठ कृषकलाई नगद र प्रमाण पत्रले सम्मान गर्ने कार्यालयले निर्णय गरेको छ । कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा सम्मान गर्ने उदेश्यले यो प्रर्दशनी आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ ।