इटहरी/ अरु बेला बनभोज खानेहरुको भिडभाड पर्यटकिय क्षेत्र तालतलैयामा बिहीबार भिआईपी देखि सर्वसाधरण सम्मको जमात मुखमा माक्स लगाएर मौन ब्रत बसे । जलवायु परिवर्तन बिश्वको ध्यान जावस् भन्दै अयोजना गरेको कार्यक्रम पुग्नेहरु छक्क पर्थे ।

पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरी मुखमा माक्स लगाएर दिनभरी बसिन । उनका वरीपरी वसेका नेताहरु सँग साङकेतीक भाषामा बोलिन तर आवज आउने गरि भने नवोलि बसीन । अरु बेला भाषण गर्ने कार्यक्रमहरुमा गएर सम्बोधन गर्ने नेतृ चौधरी दिनभरी तालतलैयामा चुपचाप बसेर विताईन ।

इटहरीका दुई सगरमाथा आरोहीहरू मदन चुडाल र शिव डाँगी मौन ब्रत बसे । चिनजान र कार्यकर्ताहरुको बाक्लो उपस्थित देखे पनि नबोली अभियानमा बसे । सधैभरी हास्ने जिसक्ने साथीहरु सँग पनि गम्भिर भएर नबोली बसेको देख्दा धरानबाट तालतलैया पुगेका नेकपा नेता अईन्द्र मेद्या तिन छक्क परे । पुगे सँगै साथीहरु सँग हात मिलाउँदा मुस्कुराउँदै भने नबोल्ने दिन रैछ ।

अभियानकर्ताहरु इटहरीमा रहेको तालतलैया स्थित विश्वलाई आणविक आक्रमणबाट ध्वस्त हुँदै गरेको ढुंगाको आकृतिलाई साक्षी राखेर मौन बसेका हुन । ढुंगाको मुर्तीले दिने सन्देशलाई विश्वले ध्यान दिनुपर्ने मौनकर्ताहरुको भनाई छ ।जलवायुको असर सागर देखी सगरमाथा सम्म देखिएको भन्दै यसलाई विश्वका शक्तिशाली राष्ट्रहरुलाई मौन बसेर सन्देश दिएको सगरमाथा आरोही मदन चुडालले बताए ।

विगतमा नेपाल सरकारले जलवायु परिवर्तनको बिषय लाई लिएर कालापत्थरमा बसेको मन्त्री परिषदको बैठकका एजेन्डा समेत सम्भाएको मौन ब्रत कार्यक्रमका संयोजक सुरेश कार्कीले जनाए । लामो समय देखि अभियानमा लागेका कार्कीले सन्देश बोलेर मात्र हुदैन भन्ने उदेश्यले यो कार्यक्रम राखिएको जनाईयो ।

विश्व लाई जलवायु परिवर्तन सम्वन्धी सचेतना बढाउन ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएर केहि दिन देखि सामाजिक सञ्जालमा अभियान अगाडी बढाईएको थियो । मौन सन्देश भएकोले गफगाफ नगरी १२ घण्टा सम्म मौन ब्रत बस्ने अभियानमा इटहरी घर भएको पूर्वमन्त्री रामकुमार सुब्बा पनि टुप्लुक्क पुगे । साथीहरु सँग हात मिलाए तर कोही सँग नबोली फर्किए ।

अरु बेला साथीभाई सँग राजनितिक सँगै सामाजिक विषयमा चर्को बहष गर्ने इटहरीका चर्चित युवा नेता तथा गजलकार जीबी गजल पनि मुखमा माक्स लगाएर चुपचाप देखिए । साथीहरु सँगै धेरै बहष गर्ने गजलले मौन ब्रत बसेर पनि सामाजिक सञ्जाल फेसबुकमा भने मौन बसेरै पनि लेखि रहे । साहित्यकार बद्री भिखारी ,पूर्व नागरिक समाजका अध्यक्ष बोधराज नेपाल लगायत समाजका अगुवाहरु भेला भएको थियो ।

इटहरीको सङ्गीत चौकबाट तालतलैया सम्म पैदल यात्रा गरी तमौन ब्रत सुरु गरीएको थियो । २०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाहिमा २० मिनेट कालापत्थर बैठक गरेको थियो । विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिषद् बैठक गरेर नेपालले २०६६ मङ्सिर २२ देखी पुस ३ सम्म डेनमार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलन अगाडि विश्वको ध्यान खिचेको थियो ।

विकसीत देशका गतिविधिकै कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपाल जस्तो हिमालयका देशमा सङ्कट आएको भन्दै विश्व समुदायको ध्यान खिचेका थियो । शक्तिशाली राष्ट्रहरुले गर्ने आणविक हतियारको प्रयोग, बढ्दो कार्वन उत्र्सजन जस्ता कारणले नेपाल जस्ता विकशील देशले त्यसको असर भोग्नु पर्दैछ । जलवायु परिवर्तनको असर प्रति शक्तिशाली राष्ट्रहरु तथा अन्तराष्ट्रिय संघसंस्थाहरु फेरी एक सोच्नुपर्ने बेला आएको छ ।