वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र मन्दिर स्थित सप्तकोशी नदीमा नुहाउँने क्रममा,कटहरे गाउँपालिका वडा नम्बर ४ की सेविता भण्डारी कोईराला डुबेर वेपत्ता हुनु भएकी छिन् ।

बुधवार दिउंसो अन्दाजी ३ बजेर १४ मिनेटमा, वराह भगवानको मन्दिर नजिक रहेको कोकाह र कोशी नदीको संगम, नजिक १० मिटर उत्तरमा नुहाउने क्रममा कोईराला डुवेको, श्रीमान गया प्रसाद कोईराला लाई उद्धृत गर्दै, स्थाई प्रहरी चौकी वराहक्षेत्रका ईन्चार्ज प्रहरी सहायक निरीक्षक भिम वहादुर भुजेलले बताएका छन् ।

सेविता डुबेको स्थलमा सेविताको कपडा जुत्ता आदि भेटिएको छ भने घटना मुचुल्का विहिवार विहान गरिएको छ । भने बुधवार सांझ देखि नै, ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक शरण कुमार दाहाल, सशस्त्र प्रहरी वल नेपाल सुरक्षा पोष्ट चतरका प्रहरी निरीक्षक अशोक न्यौपाने र स्थाई प्रहरी चौकी वराहक्षेत्रका १३ जनाको समुहले, वेपत्ता सेविताको खोजी गरिरहेको असई भुजेलले जानकारी दिएका छन् ।