भोजपुर/ जिल्लाको अरुण गाउँपालिका वडा नम्बर ६ घाउखानीमा भाईको चिर्पट प्रहारबाट दाईको मृत्यु भएको छ ।

१८ वर्षीय भाई डिकमान राईको चिर्पट प्रहारबाट आफ्नै ४० वर्षीय दाई सम्बर राईको मृत्यु भएको हो । गत सोमबार मादक पदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेका थिए । दाजु भाईको झगडाको क्रममा त्यही चिर्पट खोसेर भाईले दाईलाई प्रहार गर्दा दाई घाइते भएको स्थानियले बताएका छन् ।

घाइते दाईको उपचारको क्रममा घरैमा बुधवार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले बताए । दाईलाई चिर्पट प्रहार गरि हत्या गर्ने भाईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।