श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर १९ गते बिहीबार, ०५ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको नवमी तिथि २७ः२९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वभाद्रपदा २०ः२० बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यका क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि आगमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा मन जानेछ । कार्य व्यवसायमा सफलता मिल्ला । सेवामूलक कार्यमा तपाईंको विशेष स्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बन्न लागेको काममा बाधा आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सफलता मिल्ला । नया“ कार्यको शुभारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ वस्त्र तथा अलङ्कार प्रँप्त हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । शुभसमाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कार्य क्षेत्रमा सफलता मिल्ला । सेवामूलक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइको विशेष सहयोग मिल्ला । कार्य सम्पादनमा सफलता मिल्ला ।