वराहक्षेत्र/ सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्राकृतिक पर्यटनको असीमित सम्भावना भएको सुनसरीको कोशीटप्पुबाट ताप्लेजुङ जिल्लासम्म ट्रेकिङ खोल्न नेपाल सरकार सकारात्मक भएको बताएका छन् ।

सोमबार वराहक्षेत्र–९ राजबासस्थित कार्यालय भवनको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टराईले त्यस्तो बताएका हुन् । कोशीटप्पुबाट धनकुटा, पाँचथर, इलाम हुँदै ताप्लेजुङको कञ्चनजङ्घासम्मको भूभाग साहसिक पदयात्रा महŒवपूर्ण हुने बताए । यस क्षेत्रको विकास गर्नसके लाखौं पर्यटक भिœयाउन सकिने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले २०२२ सालको कोशी बाढी पीडितले जनताको उठीबास भएर र जनता सकुम्बासी भएकाले र रामधुनीदेखि चतराधाम, धरान हुँदै इटहरीसम्मको धार्मिक सर्किट पर्यटकीय कोरिडोर निर्माणको लागि प्रदेश सरकारले धार्मिक सर्किट बनाउने योजना रहेको बताए । उनले सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए ।

मन्त्री योगेशले भारत सरकारको संरचनाले कोशी क्षेत्रमा बसोबास गर्ने नेपालीले दुःख पाएको बताउँदै २०२२ सालको कोशी बाढी पीडितको समस्याप्रति सरकार गम्भीर भएको बताए । वराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले वडाको कार्यालय भवनको लागि ५ कठ्ठा जग्गा दान गर्ने जग्गा दाताहरू तिलकबहादुर लिम्बू, सिंह राई साम्पाङ र स्वर्गीय मानजबहादुर राईलाई सम्मानित गरियो ।

वडाको ३ सय ९७ जना दलित तथा अन्य ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल प्रदान गरेका थिए । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा, सामुदायिक विकास कार्यक्रम सिडीपी र आरआरएन कार्यक्रम अन्तर्गत २ तल्ले पक्की भवन १ करोड ३६ लाख ३६ हजार ६ सय ३ रुपैंयामा निर्माण गरिएको वडाध्यक्ष दीपककुमार लिमकुले बताए । भवन निर्माण भएपछि वडाको १५ सय २५ घरधुरीका ७ हजार २८ जना प्रत्क्षय लाभान्वित हुने बताइएको छ ।