श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर १७ गते मङ्गलबार, ०३ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको सप्तमी तिथि २३ः१७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा १५ः१९ बजेसम्म, उप्रान्त शतभिषा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४० र सूर्यास्त ५ः०६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । गन्यमान्य व्यक्तिसित भेट हेला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ ।अधिकार प्राप्तिका लागी निकै सङ्घर्ष गर्नुपर्ला । महत्वपूर्ण सामान हराउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अचल सम्पत्ति हातपर्ने योग छ । महिला मित्रको सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा सहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कार्य सम्पादनमा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । मन प्रफुल्ल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य सम्पादनमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्रा होला ।