देउराली । कम्युनिष्टकाे गढकाे रूपमा परीचित धरानमा नेकपाका प्रकास राईलाई २७९५ मतले पछि पार्दै निर्वाचित भएका नवनिर्वाचित मेयर तिलक राईले अाफूले  गरेका प्रतिवध्दता पुर  गर्ने बताएका छन् । जसमा नगरपालिकामा भएका नकरात्मक कामहरूलाई दुरूत्साहन गर्ने र नगरवासीकाे सहयाेगमा सकरात्मक कामकाे थालनी गर्ने बताएका छन् ।

मेयर राईलाई अघिल्लाे चुनावबाट निर्वाचित भएका सत्तापक्ष नेकपाका प्रतिनिधिहरूसंग अलपमतमा परेर काम गर्न असहज परिस्थिति हुनसक्ने आँकलन गरीरहँदा स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नहुने र सबै सत्तापक्ष भएरै काम गर्ने   बताएका छन् ।

लामाे समयदेखी बनेकाे कम्युनिष्टकाे गढ ताेड्न सफल भएका राइले आफूमा लालकील्ला टाेडेकाे घमण्ड नभएकाे बताएका छन् । उनले आफूले पाएकाे मत कांग्रेसकाे मात्र नभएकाे बताउदै नेकपा लगायत अन्य दलहरूबाट पनि प्राप्त भएकाे बताएका छन् ।

मेयर राईले आफूले भ्रष्टचार नगर्ने र भ्रष्टचारमा सुन्य सहनसीलता देखाउने भन्दै  अागामी दिनमापनि सबैकाे सहयाेकाे खाचाे हुने बताएका छन् ।

  उनले आफूले स्थानिय जनप्रतिनिधिकाे रूपमा पाउने सेवा सुवीधा सामाजिक कार्यमा लगाउने बताएका छन् ।