धरान उपमहानगरपालिकाको मेयर र ७ नं. वडा अध्यक्षको मतदान शान्तिपूर्ण सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अन्ुसार मतपेटीका जम्मा हुने काम भइरहेको छ । कार्यालयले आधिकारीक संख्या सार्वजनिक गरेको छैन् ।
बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । सहायक निर्वाचन अधिकृत निधीराज दाहालको प्रारम्भिक जानकारी अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको बताएका छन् ।
धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको थियो ।
यसअघि २०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता थिए । अघिल्लो निर्वाचनमा ५३ हजार ५ सय ४७ मत खसेको थयो ।

matpetika matpetika2 matpetika7 matpetika6 matpetika5