• अहिले देशभरी उपनिर्वाचनको चर्चा चलि रहदा यो उपनिर्वाचनलाई नेकपाले कसरी हेरिरहेको छ ?

यो उपनिर्वाचन एउटा स्वाभाविक प्रक्रिया हो । नेकपाको आजको सरकार छ र त्यो सरकारले गरेका काम र त्यसको परीक्षा पनि हो भन्ने ठान्नुपर्छ । उपनिर्वाचनबाट एकप्रकारको सर्वेक्षण जस्तो पनि हुनेछ । हामीलाई लाग्छ हामी सबै स्थानहरूमा विजय हासिल गर्नेछौ । यदि यदाकदा कसैले कुनै सिटमा जित्यो भने त्यो बेग्लै कुरा हो तर अहिलेसम्मको सम्पुर्ण माहाैल हेर्ने हो भने सबै निर्वाचनहरुको परिणाम हाम्रो हातमा आउने छ भन्नेमा हामी विश्वस्त छौं ।

  •  अहिले नेकपा संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व भइरहँदा आलोचना बढिरहेको छ, अहिले यो उप निर्वाचनमा आफ्नै पकेटमा बनाउनका लागि तयारी के छ  ? 

विशेष तयारी केही गर्नु पर्ने भन्ने हामी देख्दैनौ । स्थानीय तहमा भइरहेका मुद्दाहरु जुन विषयमा स्थानीय उम्मेदवारहरुले उठाइ रहनुभएको छ । त्यो उनीहरुकै ठाउँको विशेषता अनुसारको मुद्दा उठाइरहेकोले केन्द्रीय तहमा पनि विशेष घोषणा पत्र जारी गर्नुपर्ने परिस्थिति होइन । अब हामी शान्ति, विकास, समृद्धि,राजनीतिक स्थिरताको यी यस्ता मुद्दाहरु निरन्तर रुपमा उठाइरहेका छौं ।

आज दुइ तिहाइको सरकार सञ्चालन गर्ने क्रममा छौ । मुलुकको दीर्घकालिन हितका निमित्त ठुला परियोजनाहरु संचालनमा छन । जनताको दैनिक जीवनलाई सहज बनाउन काम गर्ने। र समग्रमा भन्नुपर्दा मुलुकको समृद्धिका लागि डिजाइन गर्ने डिजाइन कर्ताको रुपमा देखा परेका छौं । हामीले एउटा मात्र योजना हैन समग्र योजनाको लागि सोच्नुपर्ने छ । साँच्चै भन्ने हो भने नेपाललाई आज आत्मनिर्भर अर्थतन्त्र भएको मुलुकको रुपमा आयातमुखी हैन, निर्यातमुखी राष्ट्रको रुपमा चिनाउनु र स्थापित गर्नु सबैभन्दा ठूलो काम हो । अब कृषि उद्योगमा ,कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो । त्यो ठाउँमा जान सकेनौ भने देशलाई आत्मनिर्भरताकी अभियानमा सफल बनाउन सक्दैनाै । जे कुरा हाम्रो देशमा उत्पादन गरेर हामी नेपाली जनतालाई पाल्न सक्छौ त्यो नेपालमा उत्पादन हुनुपर्छ र त्यसका लागि सम्पुर्ण शक्ति खर्च गर्नुपर्छ । जुन चिज हामीसँग उत्पादन हुन सक्दैन यदि उक्त चिज अर्को मुलुकबाट ल्याउने हो भने त्यसको निश्चिति विनिमय त होला त्यसको लागि हामी जानुपर्छ र देशलाई आत्मनिर्भर बनाउने अभियान नै हो आजको हाम्रो मुख्य अभियान  ।

सङ्घीयता पश्चातकाे पहिलो सरकार, स्रोत साधनको कमी, पुरानो कर्मचारीतन्त्र, पुरानो व्यवस्थापन प्रणाली, संस्थागत क्षमताको कमीजस्ता धेरै विषयहरु छन् ।  जुन एकाएक हामी चट्ट निको पार्ने औषधि हुन सक्दैन । तर जति गर्दैछ त्यो राम्रो सुरुवातको लागि गर्दैछौं भन्ने हामीलाई लाग्छ । अब राम्रो काम गर्दागर्दै आलोचना हुन्छ बहस हुन्छ । त्यति नै हामीलाई सुधार्ने अवसर मिल्नेछ र प्रगतिको ढोका खुल्नेछ । आलोचना सर्वत्र स्विकार्य छ र प्रत्येकलाई हाम्रो कमीकमजोरीहरु देखाई दिनका लागि आग्रह गर्छौ ।

  •  धरानको उपमहानगरपालिकाको मेयर र कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदकाे चुनावमा नेकपाकाे स्लेथित के छ ? 

आजसम्म मेरो सर्वेक्षणमा जति धेरै कार्यकर्ताहरुसँग जनतासँग जति धेरै अन्तरक्रिया गर्न सकिएको छ यो सर्वेक्षणमा हामी दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने छौं । अहिले म धरानमा छु र धरानको उपनिर्वाचनको कुरा गर्ने हो भने प्रकाश जी पुरानो इमान्दार र नैतिकवान नेकपाको कार्यकर्ताको रुपमा धरानले चिन्दछ । वहाकै योगदान छ यो समाज निर्माणका निम्ति । यो बाहेक अरु कुनै विकल्प छैन भन्ने आम कार्यकर्तालाई लागेको म स्वयंले महसुस गरेको छु । आम जनताको दिमागमा पनि प्रकाश एउटा इमान्दार व्यक्तिका रूपमा छवि बनाएको व्यक्ति भनेर मैले पाएको छु । धरानको इतिहास बामपंथीकाे इतिहास जाेडिएकाे छ । यहाँ नेकपामय बन्दै आएको छ । नेकपा एमालेलगातार यहाँ विजय हासिल गरिरहेको थियाे । अहिले पार्टी एकिकरण भए पश्चात यसमा अझ पूर्व नेकपा माओवादीको मत पनि थपिँदा हामी अत्यन्तै बलियो अवस्थामा छौं । आम जनताको सन्तोष र असन्तोषको कुरा हो । जतिबेला धरान स्वयंमा धेरै विरोध हुदा एउटा विकल्प प्रकाश राई देखेको छु । यसकारण म त एकदम सहज ढंगले विजय हासिल हुन्छ भन्ने मैले देखिरहेको छु ।

  •  अहिले चुनावी अभियानमा नै हुनुहुन्छ धरान आइरहँदा प्रकाश राईको मतदातालाई के भन्नुहुन्छ ?

 प्रकाश राईको मतदाताहरुलाई म ३ वटा विषयमा भन्न चाहन्छु । पहिलो नेपाललाई राजनीति स्थिरताको जरुरी छ । हामी लामो समयसम्म अस्थिर राजनीतिक प्रणालीसंग गुज्रियौ जसले मुलुकलाई सही दिशा दिन सकेन । हाम्रो त्यो अस्थिरता र संक्रमणकालीन परिस्थितिले गर्दा हाम्रो प्रशासन, हाम्रो राज्य व्यवस्था, अर्थतन्त्र कमजोर भयो ,उद्योगधन्दा धरासायी भयो ।

प्रकाशले सुन्दर नगरको किस्ती बोकेर आउनेछन वहालाई सहयोग गर्दिनुहोस भन्न चाहन्छु ।

यसलाई अहिले स्थिरताको खाचो छ । त्यो स्थिरताको निम्ति नेकपाको सरकारलाई पुनः एकपटक सहयोग पुग्ने गरी नेकपाको उम्मेदवार प्रकाश राईलाई बिजय गराउनुपर्छ र धरानकै योजनाहरु निम्ति अगाडि बढ्नुपर्छ भन्ने पहिलो अनुरोध गर्न चाहन्छु । दोस्रो मेरो अनुरोध भनेको हामी जे सोचिरहेका छौं त्यो नैतिकवान इमान्दार नेतृत्वको खोजी गरिरहेका छन् । त्यो तपाईहरुले सोचेको परिकल्पना गरेको इमान्दार नेतृत्व उनीबाट सम्भव छ र उहाँ इमान्दार ब्यक्तित्व हो त्यसकारण उहाँलाई सहयोग गर्नुहोस । हामी सबैले मिलेर यो कर्तव्य निर्वाह गर्नुपर्छ । तेस्रो कुरा भनेको यो ठाउँको समृद्धका लागि नेकपाले बनाएका राष्टिय योजनाहरुलाई स्वभाविक रुपमा प्रस्तुत गर्ने नेतृत्वकर्ता सरकारको प्रमुख केन्द्र र स्थानीय योजनालाई मिलाएर हिँड्न सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यसैले केन्द्रसँग सामीप्यता राखेर ठूलो परियोजनाको निम्ति नेकपाको सरकार स्थानीय सरकारमा सहज र उपयोगी हुने भएकोले समृद्धिकाे निम्ति नेकपाको उम्मेदवारलाई जिताउनु उपयुक्त लाग्छ । म छिमेकी उदयपुर निवासी भएकोले जो यहाँका मतदाता हुनुहुन्छ प्रकाश राईलाई मत दिएर जिताउन आग्रह गर्छु । प्रकाशले सुन्दर नगरको किस्ती बोकेर आउनेछन वहालाई सहयोग गर्दिनुहोस भन्न चाहन्छु ।

  • अहिले उप निर्वाचनको माहोल बनिरहँदा सीमा विवादकाे प्रश्न उठेको छ । अब नेकपाले नेतृत्व गरिरहँदा यो सीमा विवाद खास के हो र सरकारले के गरिरहेको छ त ?

यो सिमा विवाद आजको होइन । धेरै लामो समयदेखि नै हो लगभग लगभग दुई सय वर्ष अगाडि देखिने भन्दा पनि हुन्छ । किनभने हामीले जब सुगौली सन्धिबाट आफ्नो सीमालाई संकोचन गर्न हामी बाध्य भयाैं । तब हाम्रो बाध्यता थियो । अंग्रेजहरुले हामीलाई युद्धमा पराजित गरे भन्नुपर्यो । एउटा सीमामा हामी बाँध्यौ र बिचका अनेकौं घटना क्रममा बढ्दै जादा खेरि लगभग लगभग ६५ वर्ष अघि भारतीय पक्षबाट हामीले यो सीमा मिचिएको गतिविधि गरेको हामीले देख्न र सुन्न पायौ । यो घटनाक्रम अत्यन्त निन्दनीय पनि छ । एउटा मित्र राष्ट्र एउटा छिमेकी जो नेपालको संसदमा आउँछ । पशुपतिनाथको पूजा गर्छ र पशुपतिनाथमा रक्तचन्दन चढाउँछ । तर कालापानीमा जान्छ र रक्तचन्दनका हाम्रा बोटहरू काट्छन् र हामीलाई निषेध गर्छ । हाम्रो सिमाना मिच्छ । यहाँ भाइचाराको कुरा गर्छ र उहा अतिक्रमणको काम गर्छ । यहाँ हामी दाजु भाइ भनेर भन्न हिच्किचाउँदैनन् । उता भाइको अथवा मित्रताको गला रेट्ने काम गर्छ । यसलाई हामीले आजको माग र प्रक्रिया हैन लामो समयदेखि नै चलिआएको हो । त्यसैले भारतीय शासक पक्षलाई ,सत्ताधारीहरुलाई हामीले भन्ने गरेका छौ, जुन विस्तारवादी प्रवृत्ति जुन रोकिएको छैन त्यसलाई रोक्नुपर्छ । एउटा असल छिमेकीको रुपमा हामी व्यवहार गर्न चाहन्छौ । अन्तर्राष्ट्रिय सम्बन्धका मामलामा हाम्रो समान व्यवहार हामीले देखाउन चाहन्छौ, सहयोग र लेनदेन गर्न चाहन्छौ भने हाम्रो सार्वभौमसत्तालाई कुण्ठित गर्ने गरी भारतीय पक्षले गर्नुहुँदैन भन्ने कुरामा हामी प्रस्ट छाैं ।

अर्को कुरा रह्यो अब यो सरकारले के गर्ला । हाम्रा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले कुनै हालतमा पनि हाम्रो एक इन्च भुमी पनि अर्काका लागि हामी छोड्ने छैन भनिसकेका छन् र कोशिस गर्दैछौं प्रक्रिया लामो हुनसक्छ। वार्ता सघन हुनसक्छ र तीतोपीरो पनि हुनसक्छ तर हामी हाम्रो भुमि लिएर छोड्ने छौं त्यसलाइ जोगाएर छोड्ने छौं । यो विषयमा हाम्रो पाटी राम्रो सरकार विश्वस्त छ ।

  • यो बीचमा प्रतिपक्ष दल शेरबहादुर देउवाले एउटा चुनावी सभामा प्रधानमन्त्रीको सहमतिमा भारतले नक्सा निकाल्यो भनेर सार्वजनिक रुपमा बताउनुभयो, यसमा नेकपाको धारणा के छ ?

उहाँले यो कुरा बोलेको सुन्न पाइयो जुन अत्यन्त दुःख लाग्यो । शेरबहादुर देउवा एउटा पार्टीको सभापति र पूर्वप्रधानमन्त्री,  त्यो उहाँको समयमा पनि सीमा मिचिएको थियो । उनले प्रधानमन्त्री ओलीलाई कसरी आरोप लगाउन सक्नु भयो होला । उहाले पनि तब यो कुरालाई सहमति दिनुभयो होला भन्न मिल्छ नि । किन भने केपी ओलीभन्दा उहाँ धेरै पहिले प्रधानमन्त्री भइसक्नुभएको थियो । अब नेपाली कांग्रेसको इतिहासलाई कोट्याउने हो भने आज राष्ट् एकता र सीमाको माम्लामा हामी सबै एकजुट भएर बाेलिरहेको बेलामा लान्छना लगाउन मिल्दैन । नेपाली काँग्रेसको राष्ट्रियताप्रति लम्पसारवादी दृष्टिकोणको विषयमा हामीले पहिले पनि चर्चा गरिसकेका छौ । नेपाली काङ्ग्रेसको जन्मकाल देखि उसको राष्ट्र कालको विषयमा धेरै प्रश्नहरु उठिरहेका छन् । जून अहिले म कोट्याउन चाहन्न तर म यति शेरबहादुर देउवालाई आज एउटा चुनौतीको साथ भन्न चाहन्छु कि तपाई आफ्नो प्रमाण पेश गर्नुहोस् । तपाई प्रमाण पेश गर्न समर्थन हुनुहुन्न । तपाईंका विरुद्धमा तपाईंले गरेका क्रियाकलापको विरूद्धमा राष्ट्रघात हुने गरिएका गतिविधिहरुको विरुद्धमा नेपाली कांग्रेसले गरेका कामहरुको बारेमा हामी प्रमाण पेश गर्न सक्छौ त्यसबेला तपाइँ लज्जित हुनुपर्ने छ त्यसैले होस् गर्नुहोस्  भन्न चाहन्छु ।