धरान । अचानक पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको पाइएपछि सल्यक्रिया गरिएको छ ।

प्रम ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको सल्यक्रिया गरिएको छ । अहिले प्रम ओली सामान्य अवस्थामा छन् । तर, केही दिनसम्म अस्पताल बस्नु पर्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तर, कति दिन बस्नुपर्ने भन्ने विषयमा यथेष्ट जानकारी दिइएको छैन । ओलीको दुई दिनअघि मात्रै धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलसिस गरी फर्किएका थिए ।

१२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका उनको पछिल्लो समय समस्या आएपछि चौथो पटक डायलसिस गरिएको हो । यता मङ्गलबार बिहानै पेटमा समस्या आएपछि जाँचका लागि मनमोहन सेन्टर पुगेका थिए । उपचारमा संलग्न चिकित्सक अरुण सायमीले एपेन्डिसाइटिसको सानो सल्यmित्रया भएको जानकारी दिए । मिर्गौलाको प्रत्यारोपण गरेका कारण पनि उनलाई तत्कालै डिस्चार्ज गर्ने वातावरण नभएको चिकित्सकको भनाइ छ ।