ब्लाष्टखबर । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  एपेन्डिसाइटिस भएपछि  उनको अपरेसनको तयारी गरेको छ ।

मिर्गौलाका बिरामी प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेसनकाे तैयारी भइरहेकाे डा. अरुण सायमीले बताएका छन् ।  एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने हुन्छ ।

प्रधानमन्त्री  ओली मिर्गौलाका बिरामीपनी हुन् । उनकाे ४ पटक डायलायसिस गराइसकेका छन् ।