ब्लाष्टखबर । सामान्य विबादका कारण दुहवीका स्थानिय चन्दन रौनियारले एम्बुलेन्स चालकलाई कुटपिट गरेको भन्दै आज विहान एम्बुलेन्स चालकहरु इलाका प्रहरी कार्यालय दुहवी अगाडी एम्बुलेन्स तेर्साएर धर्ना दिएका छन् ।
रक्सी खाएर इटहरी ५ का एम्बुलेन्स चालक गोपाल निरौलालाई कुटपिट गरेपछि करङ भाचिएको भन्दै रौनियारलाई हदैसम्मको कारवाहीको माग गर्दै दर्जन भन्दा बढी एम्बुलेन्स दुहवी थाना अगाडी तेर्साएर चालकहरुले विरोध जनाएका थिए ।

निरौलाको विराट नगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको एटाउ करङ भाचिएको बताइएको छ ।

धर्नामा उनीहरुले रौनियार विरुद्ध जाहेरी दिए पछी प्रहरीले कानुन अनुसारको कारवाही गरिने भनेपछी आन्दोलन फिर्ता लिएकाे प्रहरीले जनाएकाे छ ।