धरान १८, बुद्धचौकमा स्थायी बसोबास गर्दैै आएका नेपाली काङ्ग्रेसका युवा उम्मेदवार तिलक राई ०३१ साल कात्तिक २ गते धराने माटोमा जन्मिएका पार्टीका कर्मठ योद्धा हुन् । उनी सर्दु खोलाको पानी खाएर सेउतीमा डुबुल्की मार्ने धराने लोकल ठिटो पनि हुन् । धरानको माटोमा हुर्किएका धराने ठिटो तिलक राईलाई धरानको समस्या, चुनौती र विकाशको आधार के के छ भनेर मज्जाले थाहा छ । धरानको महेन्द्र बहुमखी क्यापसबाट आइकमसम्म अध्ययन गरेका उनले धरानकै डिपो माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका हुन् । सानो उमेरदेखि नै हक्की र साहसी स्वभावका राई धरानमा लोकप्रिय नेताको सूचिमा अग्रपङ्क्तिमा नै रहेका छन् । उनलाई युवाहरूको ढुकढुकी र वृद्धहरूको शहरको रूपमा धराने जनताले विश्वास र भरोसा गर्ने गरेका छन् । २०४७ सालबाट नेपाल विद्यार्थी सङ्घको सदस्यको रूपमा नेपाली काङ्ग्रेसको राजनीतिमा उनी प्रवेश गरेका थिए ।
उनी ०५४ सालमा नेविसङ्घ धरान सचिव, २०५५ मा तरुण दलको धरान नगर समिति सदस्य, ०५७ मा तरुण दल नगर अध्यक्ष, ०६२ मा नेपाली काङ्ग्रेस नगर सचिव, ०६६ मा सम्पन १२ औं महाधिवेशनमा धरान सभापतिको उम्मेद्वार रहेका तिलक राई ०७२ मा सम्पन्न १३ आंै महाधिवेशनबाट नेपाली काङ्ग्रेस धरानको सभापति बन्दै धरानमा काङ्ग्रेसलाई नेतृत्व गरिरहेका छन् । राईसँग किरात राई यायोख्खाको केन्द्रीय अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिव, उद्योग बाणिज्य सङ्घको कार्यकारी सदस्य, सप्तकोशी बस व्यवसायी सङ्घ अध्यक्ष, नेपाल गल्फ एसोसिएनको केन्द्रीय उपाध्यक्ष, नेपाल शारीरिक सुगठनको ‘ख’ श्रोणीको निर्णायक भई काम गरेको अनुभव छ ।
०७४ मा धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार हुँदा एमालेका तारा सुब्बासँग पराजित भएका राई मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसबाट मेयर पदका प्रत्याशी बनेका छन् । राई अहिले धरानवासीसँग आशीर्वाद लिँदै मत माग्न व्यस्त छन् । कर घटाएर भष्टा«चारको अन्त्य गरी धरानलाई समृद्ध शहर बनाउने अठोट सहित जनताको घरघरमा पुगिरहेका मेयरका उम्मेद्वार युवा नेता तिलक राईसँग निर्वाचनको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सार सङ्क्षेप :

– काङ्ग्रेसको चुनावी एजेण्डा के के छ ? चुनाव जितेर मेयर भएमा के के काम गर्नुहुन्छ ?
कर घटाएर भष्ट्राचारको अन्त्य गरी धरानलाई समृद्ध सहर बनाउने हाम्रो एजेण्डा रहेको छ । देशभर कम्युनिष्ट सरकारले मच्चाएको बेथिति अन्त्य गरी शान्त, सभ्य र सुशासनमैत्री शहर बनाउने एजेण्डा हाम्रो रहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, युवाका लागि रोजगार, सडक, भौतिक पूर्वाधार, खानेपानी, विकाशका पूर्वाधारको निर्माण गरी धरानलाई समृद्धिको दिशामा लैजाने एजेण्डा काङ्ग्रेसले लिएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा करिब ३१ म्हिनाका लागि कार्यकारी मेयर चयन हुने भएकाले विजयी भए पश्चात् यसलाई हामीले चुनौती र अवसर दुवैको रूपमा लिएका छांै । काङ्ग्रेस धरानवासीको सुख दुःखको सारथि हुन तयार छ ।

– चुनावको मिति पनि नजिकि“दै छ । मतदाताको घरमा के एजेण्डा लिएर गइरहनु भएको छ ?
पहिलो कुरा त धराने जनताहरू तात्कालीन एमाले, माओवादीको शासनबाट वाक्क दिक्क भएका छन् । उनीहरू निर्वाचनमा गएर भोट के का लागि दिने ? भनेर आक्रोश पोखिरहेका छन् । यो आक्रोश पनि वास्तविक नै हो । जनताको मत पाएर शासकीय बागडोर सम्हाल्न पुगेका कम्युनिष्टहरूले जनतालाई ढाँट्ने मात्र काम गरे । कम्युनिष्ट शासकले धराने जनतालाई पटकपटक झुक्याएर विकास नगरेका कारण निर्वाचनबाट दिक्क भएका जनतालाई म आफ्नो तयारीसँगै जनतालाई तपाईंले लगाएको मत दुरुपयोग यसपाली हुँदैन भन्ने विश्वास दिलाउनमा व्यस्त छु । धरानका विभिन्न टोलबाट ‘उम्मेदवार तपाईं एक पटक आइदिनुप¥र्यो भन्छन् । घर दैलोदेखि कोणसभामार्फत् जनताको समस्या टिपोट र हाम्रो एजेण्डा प्रस्तुतगरि रहेको छु ।

– घरदैलोमा गईरहेको छु भन्नुभयो । धराने जनता के भन्छन् नि ?
ढाँट्ने, छल गर्ने, काम नगर्ने कुरा मात्र गर्ने, भष्ट्राचार गर्ने विगतका कम्युनिष्ट सरकारदेखि धराने जनता वाक्कदिक्क भइसकेको भन्ने कुरा टोलटोलमा स्थानीयहरूले मसँग भन्दै आउनुभएको छ । धराने जनता यसपटक परिवर्तनको पक्षमा नै रहेका छन् । यसपाली परिवर्तनको पक्षमा नेपाली काङ्ग्रेसलाई धरानमा विजयी गराउने भनेर धराने जनताको एउटै बोली समेत रहेको छ । नेपाली काङ्ग्रेसको धरानमा जित निश्चित भइसकेको मैले महसुस गरेको छु । धराने जनताले कम्युनिष्ट सरकारले विकास दिएर धरानलाई समृद्ध बनाउनुको साटो कर बुद्धि, भष्ट्राचार, महङ्गी उपहार दिएको गुनासो मसँग गरिरहेका छन् ।

– परिवर्तनको पक्षमा धराने जनताले मत दिने आधार के के छन् ?
पहिलो कुरा त कम्युनिष्टहरूको बिक्री हुने यसपाली कुनै एजेण्डा नै छैन । कम्युनिष्टको योजना भनेको केटाकेटीको खेलाउना जस्तै हुन्छ भनेर धराने जनतालाई थाहा भइसकेको छ । जसरी केटाकेटीको खेलौना हेर्दा चिटिक्कको, रुँदा फकाउने हुन्छ त्यस्तै कम्युनिष्टको योजना पनि चुनावका बेला भोट फकाउने माध्यममात्र हुन्छ भनेर जनतालाई थाहा भइसकेको छ । २८ वर्षदेखि एकलौटी राज गरेका कम्युनिष्टले धरानका लागि के दिए भनेर प्रश्न गर्ने बेला आएको छ । धरानमा काङ्ग्रेसको जित अतिआवश्यक रहेकाले जनताले परिवर्तन चाहेका छन् । धरानबाट एमालेबाट धेरै सांसद बने तर ठुला योजना कुनै पनि ल्याउन सकेनन् । तत्कालीन एमालेबाट विजयी धरानको मेयर भए पनि धरानको विकास र निकाशमा महŒवपूर्ण कुनै काम नगरेको हुनाले कम्युनिष्ट पार्टीलाई सजाय र काङ्गेसलाई मौका स्वरूप धराने जनता परिवर्तनको पक्षमा मत लगाउन आतुर भएको मैले पापएको छु ।

– कम्युनिष्टले त केही काम गरेन भनुभयो । काङ्ग्रेसले चाहि“ धरानका लागि के के काम गर्यो ?
धरानको इतिहासमा नेपाली काङ्ग्रेसका एक जना नेता पनि निर्वाचित भएर वडा अध्यक्षभन्दा ठुलो पदमा पुगेका छैनन् । तर, पनि धरानको समृद्धिमा नेपाली काङ्ग्रेसको योगदानको बारेमा चर्चा गर्दा गौरव लाग्छ । धरानबाट राजनीति गर्ने देशको प्रधानमन्त्रीसम्म भए पनि उनीहरूले एउटा पनि ठुला योजना सम्पन्न गर्न सकेनन् । कम्युनिष्ट नेताहरूले शिलान्यास गरेका योजना सम्पन्न भएर उद्घाटन भएका छैनन् । खानेपानी, बसपार्क, विमानस्थलको योजना अपुरो रहेको छ । कम्युनिष्टका नेताहरू वर्षैपिच्छे शिलान्यास गर्नुहुन्छ, काम गर्नु हुन्न । तर, धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली काङ्ग्रेसका सभापति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलाको समय ०५० मा शिलान्यास भएर २०५४ सालमा काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा उद्घाटन गरेको इतिहास रहेकाले काङ्ग्रेसको नीतिले समृद्धिको र्इंटा थपिदिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरानको आर्थिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा ठुलो टेवा पु¥याएको छ । तर, कम्युनिष्टले धरानका लागि कुनै पनि योजना पूरा नगराएकाले धरानको विकासका लागि परिवर्तन आवश्यक रहेको र काङ्ग्रेस एक मात्र विकल्प हो ।

– तपाईं विजयी हुनेमा विश्वस्त हुनुहुन्छ ?
मैले धराने जनताको मन त जिति नै सकेको छु । जनताको लहर र म प्रतिको भरोसाले मेरो जित निश्चित छ । अब ढक्ुक पनि छु । औपचारिक रूपमा निर्वाचन आयोगले १४ गतेको निर्वाचनपश्चात् मत गणनाको घोषणा गर्छ । धराने जनताको साथ र सहयोगले यसपाली नेपाली काङ्ग्रेसले धरानमा चुनाव जित्ने लगभग पक्कापक्की भइसकेको छ । यसका लागि कांग्रेसको बाहिरका मतदाताको सहयोग मलाई रहनेछ । कम्युनिष्टबाट वाक्क भइसकेका धराने जनताले यसपाली मलाई मत दिन्छन् । यसपाली काङ्ग्रेस बाहेकका मतदाता, मजदुर, किसान, विभिन्न पेसाकर्मीको साथ मलाई छ । कम्युनिष्टका वरिष्ठ नेताहरूको मतले नै यसपाली मैले चुनाव जित्ने हो तर कम्युनिष्टहरू चुनाव हार्ने डरले आत्तिएका छन् ।