धरान/ इण्डियन आइडलमा निर्णायकको भूमिकामा देखिँदै आएका सङ्गीतकार तथा गायक अनु मलिक बाहिरिएका छन् ।

यौन दुव्र्यवहारको आरोप लागेका उनलाई ‘मि टु’ का कारण निकालिएका हुन् । उनी यसअघि पनि निकालिएका थिए । इण्डियन आइडलको १० औं संस्करणबाट निकालिएका उनी ११ औं संस्करणमा भित्रिए पनि फेरि उनीमाथि यौन हिंसाको आरोप लागेपछि निकालिएका हुन् ।

गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकविरुद्ध यौन दुव्र्यवहारको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् ।

त्यसपश्चात् राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाउँदै सोनी टेलिभिजनसँग स्पष्टीकरण माग गरेको थियो । उनको विषयमा चौतर्फी विरोध भएपछि मलिक आफैले कार्यक्रम छाड्ने निधो गरेका हुन् ।