धरान  । ब्रिटीश गोर्खा भु.पु.सैनिक क्यााप्टेन राम बहादुर बेघा लिम्बु भि.सी.को ८४ औ बर्थ डे दमकको कस्मिक पार्टाै प्यालेसमा भव्यरुपले मनाएका छन । आफनो लिम्बु जातियको साँस्कृति बाजा च्याब्रङ्ग बजाउदै राम बहादुर भि.सी .लाई कार्यक्रहलमा प्रदेश गराएको थियो । कार्यक्रम स्थल तस्वीरहरुले सजाएको थियो । विभिन्न,क्षेत्रका ब्यक्तिहरुको बिशेष सहभागीता रहेको थियो । यो बर्थ डे अन्य ब्यक्तिहरुको बर्थ डे भन्दा निक्कै फरक किसिमको थियो ।

भि.सी को बर्थ मनाउन काडठमाडौ, धरान इटहरी ,दाजिलिङ्ग, अष्टिलिया, बेलायत लगायतका स्वदेश तथा बिदेशमा बिदेशी पाहुनाहरु समेत आएका थिए । लिम्बु समुदायमा मात्रै होइन बिश्वमा नै गोर्खाली समुदायको नाम राख्न सफल भएका क्याप्टेन राम बहादुर भि.सी सबैका लागि गौरव गर्ने ब्यक्त्विय हुन । नेपालबाट मात्रै होइन ब्रिटीश गोर्खाे भु.पु सैनिकहरु र उनका परिवारहरु समेत आएका थिए
बर्थ डेमा आउनु भएका अतिथिहरुलाई राम बहादुर भि.सी को माईला छोरा ब्रिटीश गोर्खा भु.पु. सैनिक चन्द्र बेघा लिम्बुले अतिथीहरु सबैलाई स्वागत गरेका थिए ।त्यस्तै गरी नातीहरु समेत बाजेको बर्थ मनाृउ मनाउन पाउदा खुशी लाग्गेको बताए ।

उनले आफनो प्रिय बाजे रामबहादुर भि.सी भएकोमा गर्भ गदै नातीले बाजेको बर्थ डे मा शुभकामना सन्देश समेत दिएको थियो ।सबैजना सँग राम्राे  ब्यवहार गर्ने स्वाभ भएकोले सबै मानिसहरुले मन पराउने गरेको बताउछन रामबहादुर भि.सी का भतिज श्री प्रसाद बेघा लिम्बु उनी भन्छन काकाको लामो आयु र स्वास्थ्यको कामना समेत गरे ।

राम बहादुर भि.सी को ब्रिटीश गोर्खा सैनिकमा हुदाको पल्टने जीवनको बारे मेजर चन्द्र प्रकाश लिम्बुले जानकारी गराए पल्टन जीवनमा राम बहादुर लिम्बुले बेलायत सरकारलाई दिएकोे योगदान ।उनले पाएका मेडल उनको स्वाभाप, काम प्रतिको इमान्दारिता लागतको बिषयमा वृहत रुपमा जानकारी दिएका थिए ।

वीर योद्धा आफनो बाबु राम बहादुर भि.सी का ८४ औ बर्थ मनाउन पाउँदा आफुलार्ई पनि धेरै खुशी लाग्गेको छ । आज सबै ठाउँमा बाबुको नामको कारण गर्भको महशुस हुने गरेको भि.सी राम बहादुर लिम्बुका जेठा छोरा र ब्रिटीश गोर्खा भु.पुसैनिक क्याप्टेन भक्तबहादुर लिम्बुले बताए।