संखुवासभा / जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. ४ माङ्तेवामा रहेको ऐतिहासिकलाम पोखरीको संरक्षण नहुँदा अस्तित्व गुम्ने खतरा बढेको छ । परापुर्वकालमा अलौकिक शक्तिसमेत रहेको भनिएको पोखरीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको हो ।
करिव दशक अघिसम्म पानीले भरिएको पोखरी पछिल्लो समय पानीको सतह घट्दै गएको छ । पोखरीको दक्षिण दिशातर्फको जमिनको भागखिईदै गएकोले पनि पोखरीमा पानी कम हुदै गएको स्थानीयको भनाई छ । पोखरी वरिपरि व्यक्तिगत स्वमित्वको जमिन भएकोले वन फडानी हुने गरेको छ । पानीको सतह घट्नुको अर्को मुख्यकारण जंगल फडानी पनि हो । पहिले घना जंगलभित्र रहेको पोखरी अहिले खुल्लापाखामा सुक्दो अवस्थामा छ ।

अघिल्लो पुस्तासम्म ठूलो क्षेत्रफलमा रहेको पोखरीको नजिककोहीजाननसकेको जानकारहरु बताउँछन् ।जंगलभित्र रहेको पोखरी नजिककोहीगएअनौठो आवाजआउने, मेघ गर्जने र पोखरीबाट अनौठो वस्तु देखा पर्ने गरेको ९० बर्षिया स्थानीयहिकमतसिं राईले बताए । राईले भने, ‘हामी केटाकेटी हुँदा कोही जानु हुँदैन भन्थे, त्यहाँ कोहीपुगे बिरामी परेर मृत्यू हुन्थ्यो ।’त्यो बेलापोखरी नजिकपुगेकै कारण गाउँका एक जनाको मृत्यू भएको उनको भनाई छ । उक्तपोखरीमा दैवीशक्तिवाकुनै अलौकिकशक्ति रहेको विश्वास गरिन्थ्यो । सोहीशक्तिभएको मान्यताकाकारण धामीझाक्रीहरुले पनि टाढैबाट उक्तपोखरीको दर्शन गर्ने गरेको बताईन्छ ।

तर पछि विस्तारै पोखरी शक्तिविहिन बन्दै गएपछि पोखरी वरिपरिको जंगल विनास हुँदै गएको अर्का स्थानीयगौ मान तामाङ बताउँछन । यसरी पौराणिक महत्व बोकेको पोखरीको अहिले संरक्षण नहुँदा भोली आहालमा परिणत हुने सम्भावना रहेको स्थानीय बताउँछन । पोखरीको संरक्षण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयको राम्रो आयश्रोत बन्न सक्ने स्थानीय मोतिबहादुर कुलुङको भनाई छ । पोखरीको पानी संरक्षण गरि अन्यत्रबाट थप पानी मिसाएर पोखरीको आकार बढाएर आकर्षक बनाउन सकिनेसमेत कुलुङले बताए ।

सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले गाउँपालिकाको यस्ता पौराणिक र पुरातात्विक महत्वको स्थलहरुलाई संरक्षण गर्ने योजना रहेको बताए । लामपोखरी पर्यटनसँग पनि जोडिएकोले अहिले निर्माणको क्रममा रहेको पर्यटन गुरु योजनामा समेटिएको उनको भनाई छ ।