ब्लाष्टखबर ।  रौतहटको फलङगामा २०६४ सालको चुनाबी माहोलका बिच चैत २७ गते राती बम विष्फाेट हुदा घाइते भएकाहरुलाई इटा भट्टिमा हाली जिउदै जलाइएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहमद अफताद आलमले एसपी तथा डिएसपीलाई कारबाही गर्ने तथा पुरै जिल्लामा असहज परिस्थिती निमार्ण गरिदिने भन्दै दिएको धम्की यतिबेला सामाजिक संञ्जालमा भइरल भएको छ ।

पटक पटक मन्त्री बनिसकेका रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २६ गते पक्राउ गरेको थियो । पक्राउ पछि रिसाएका आलमले जिल्ला प्रहरी कार्यालयको थुना कक्षमा लाने क्रममा प्रहरीलाई धम्की दिदै पुरौ जिल्लामा असहज परिस्थिती निर्माण हुने भनेका हुन । 

जन्ती हिडेका आलमलाई राजपुरको इन्दैस गेट नजिकैबाट डिएसपी नविन कार्कीको नेतृत्वमा नियन्त्रणमा लिदैं गर्दा आफुलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै डिएसपी कार्की र एसपी भुपेन्द्र खत्रीलाई धम्की दिएका थिए ।

१२ बर्ष अघि भएको उक्त घटनालाई लिएर पक्राउ परेका आलम बिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्पोटक भण्डारण मद्धा चलाइएको छ । आलम पक्राउ परेको सार्वजनिक भएसंगै आलमका सर्मथकहरुले जिल्ला कारागार रौटहट अगाडि आलमको रिहाइको माग गर्दै विरोध प्रर्दशनसमेत गरेका थिए । पक्राउ परेसँगै विभिन्न संञ्चारमाध्यमहरुले उक्त घटनामा दवाएका विभिन्न प्रमाणहरुको पर्दाफास गरेका थिए । प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिई तीन दिन थुनामा राख्ने अनुमती लिएको थियो ।

त्यस्तै, घटनामा ज्यान आफन्तको गुमाएका पिडीत परिवारहरुले आमको पक्राउ संगै आफुहरुले न्याय पाउने आश पलाएको भन्ने समाचारहरु आइरहदा भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कग्रेसका सभापति शेरबहादुर देउवाले १२ बर्ष अगाडीको कपोकल्पित घटना बनाएर आलमलाई फसाउन खोजेको भन्ने अभिक्ती दिएका देउवाले सामाजिक संञ्जालमा विवादित भए पछी आफ्नो भनाइ सच्याउनु परेको थियो ।

घटनामा हत्या गरिएका भनिएका एक त्रिलोकप्रताप सिंह एक फरार अभियूत्त रहेको खुलासा भएको थियो भने, प्रहरी हिरासतमा रहेका आलमले पोलीग्राफ टेस्ट गर्न मानेका थिएनन् ।

भागेर ज्यान बचाएका घाइतेको उपचार रिपोट, प्रत्क्षदर्शी, पीडित को बयानका साथै १२ जना साची सहितको प्रहरीले घटनाको अनुसन्धान रिपोट बुझाएसंगै कार्तीक १८ गते उनलाई जन्म कैदको माग दावीसहितको कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, विष्पफाेटन भण्डारण मुद्धा रौतहट जिल्ला अदालतमा दायर गरिएको थियो ।

प्रहरीले आलमलाई विभिन्न मुद्धामा ४५ बर्ष जेल सजायमाग गरेको छ । घटनामा आलमसहित ११ जना विरुद्ध मुद्धा दाएर भएको छ ।  जघन्य अपराधलाई १२ बर्ष सम्म लुकाउन र धेरै प्रमाणहरु नष्ट गर्न सफल भएका मानिएका आलम पुन यो घटना बाट उम्कन सक्छन् की भन्ने धेरैले आशंका गरी रहदाँ प्रहरीलाई उनले दिएको धम्कीको भिडियो सार्बजनीक भएसंगै सामाजिक संञ्जालमा भइरल बनेको छ ।

उनले भिडियोमा भारतबाट सहयोग आउने, एसपी र डिएसपी माथी कारवाही गर्ने, पुरै जिल्लामा तनाबको परिस्थिती सिर्जना गर्ने जस्ता धमकी दिएका छन् ।