विराटनगर /  भारतले नेपाली भूमि गाभिएपछि विराटनगरमा विद्यार्थीहरूले विरोध ¥याली प्रर्दशन गरेका छन् । उनीहरूले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्लेकाटसहित उनीहरूले नारा लगाउँदै विराटनगरमा विरोध ¥याली बिहीबार प्रर्दशन गरेका हुन् ।
विराटनगर– १५ मिल्स एरियास्थित मनोकामना सेकेण्डरी बोर्डिङ्ग स्कूलका विद्यार्थी, शिक्षकहरूले विरोध ¥यालीमा सहभागी थिए । उनीहरूले ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक इण्डिया’, भारतीय सेना कालापानी छोड, राष्ट्रभक्तिको नाराले देश बचाउँ साराले, पहिलो प्राथमिकता सिमालालई दे, मगन्ते प्रवृत्ति बन्द गरलगायत लेखिएको प्ले कार्डसहित नाराबाजी गरिएको थियो । उनीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताए । भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताएका हुन् । सरकारले तत्काल कदम चाल्न पनी उनीहरुले माग राखेका छन् ।
भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा उनीहरूले निकालको विरोध ¥याली महानगर परिक्रमा गरेको थियो । स्कूल परिसरबाट निस्किएको ¥यालीले सिमा क्षेत्रसम्म पुगेर स्कूलमा आएर सम्पन्न भएको थियो ।