धरान /  पू्र्वकाे सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपाल आईस ‘मिस पूर्वाञ्चल’को दसौ संस्करणको पहिलो अडिसन धरानमा सम्पन्नि भएको छ ।
धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको धरानको अडिसनमा धरान , धनकुटा , तरहरा , इटहरी , बिराटनगर , बेलबारी र पथरीबाट १९ जना प्रतियोगीहरु सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , मिस पूर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु ,मिस पूर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन , मिस पूर्वान्चल २०१७फर्स्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वान्चल २०१८ फर्स्ट रनर अप अनिला क्षेत्री रहेका थिए ।
सहभागीहरुको योग्यता , पर्फर्मेन्स अनुसार मिस पूर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने र त्यस्तै बिराटनगर , इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । त्यस्तै टाढा बाट आउनु छुटेका हरुको समेत आइतबारसम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।
अडिसनबाट छानिएका १९ देखि २१ जनासम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् । प्रतियोगितालाई प्रदेश न १ तथा पूर्बी क्षेत्र ब्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।
सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रम , सामाजिक उत्तरदायित्वका कार्यहरुमा यस वर्ष पनि निरन्तरता दिइनेछ । ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ ।
प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पूर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा आयोजना गरिनेछ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।
मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिए ।