मिस वल्र्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ वेलायतको लण्डन प्रस्थान गरेकी छन् । उनी लण्डनमा हुने मिस वल्र्डमा सहभागी हुन बुधबार लण्डन उडेकी हुन् ।

अनुष्काले राष्ट्रको सपनालाई आफूले लिएर जाँदा रमाइलो लागेको बताएकी छन् । उनले सहभागी हुन पाउनु एउटा मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छन् ।

गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वल्र्ड २०१९’ को प्रतिस्पर्धामा २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताज जितेकी थिइन् ।