धरान / धरान उपमहानगरपालिकाद्धारा संचालित धरान खानेपानी आयोजनाको ९९.५ प्रतिशत काम सम्पन्न भएको छ । एक महिना भित्र सबै वडाहरुमा पानीको कनेक्सन भइसक्न आयोजना प्रमुख इन्जीनियर राजु पोखरेलले जानकारी दिए । आयोजनाले लक्षित गरेको भौतिक उद्देश्य १ करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशत भन्दा बढी प्रगति हासिल गरेको उनले दावी गरेका छन् ।

नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पति र दायित्व हस्तान्तरण गरी संस्थान मातहत रहेका संरचना र सेवा र थप गरिएका संरचना र सेवाको एकिकरण गरी केही वडाका उपभोक्तालाई खानेपानी आपुर्ति समेत शुरु गरिएको उनले जानकारी दिए । गत २०७५ असोजमा मन्त्रीपरिषदद बैठकले संस्थानको सम्पति मूल्याङकन गरि आयोजनाको बोडृमा हस्तान्तर।ण गर्न निर्णय भई सर्वोच्च अदालतले गत असारमा परामदेश जारी गरे पनि नेपाल खानेपानी संस्थाले धरान उपमहानगरपालिकाको खानेपानी बोर्डमा हस्तान्तरण गर्न ढिलाईले सबै वडाहरुमा पानी वितरण गर्न समस्या भएको पोखरेलले जानकारी दिए ।     

    आयोजनाले करिव आफ्नो काम सकिएको तर नेपाल खानेपानी संस्थानको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बांकी रहेको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन । केही दिन अघि संस्थानकाकर्मचारीहरुलाई बोर्डमा हाजिर हुन आउनसमेत पत्र बुझाइएको कार्यवहाक मेयर भण्डारीले जानकारी दिइन । आयोजनाले विच्छ्याइएको कुल प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरेको छ ।  आयाजनाको भौतिक र वित्तिय खर्चमा १ अर्व ६५ करोड ३ लाख बराबारको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तिय प्रगति ९२ दशमलव ९५ प्रतिशत पुरा भएको प्रमुख भण्डारीले जानकारी दिइन ।  

       परियोजनाका प्रमुख पोखरेलले आयोजनाले पानी वितरणका लागि सबै स्थानमा कनेक्सन र पाइपलाइन विस्तार गर्ने काम सकिएको बताए । धरान–२ स्थित रत्न रोडमा उक स्थानमा भने कनेक्सनको काम भइरहेको पोखरेलले जानकारी दिए ।       संस्थानको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तर गर्ने शर्तमा एसियाली विकास बैंकले एकिकृत शहरी विकास परियोजना अन्तर्गतको धरानमा खानेपानी आयोजनाकालागि सन २०१२ मा २२ दशमलव ७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो ।संस्थानको सम्पति हस्तान्तरणको काम भने मन्त्रालयले तीन महिना भित्र सक्ने जानकारी दिइएको पोखरेलले बताए । उनले भने–‘कर्मचारीलाई बोर्डमा आउन पत्रचार गरिएको छ । कात्तिक ८ गते पत्र दिएको १४ गते हाजिर हुन भनेको तर आउनु भएको छैन् उहाँहरु प्रक्रिया मिलाएर बोर्डमा आउनु हुने छ ।’      

 आयोजना सुरु भएसंगै विजयपुर ट्याङकी निर्माणमा स्थानीयसँग विवाद तथा पटक पटक बन्द हड्तालजस्ता कारणले तोकिएको समयभन्दा दुइबर्ष ढिलो भएको बताइएको छ । संस्थानको सम्पती र दायित्व हस्तान्तरण हुन नसकेकाले सन २०१९ को ३१ डिसेम्बर सम्म आयोजना अवधि थपिएको हो ।  ठेकेदार कम्पनी तियान्जीन तुदी जेभिले उक्त समयभित्रमा सम्झौताअनुसार पानी वितरण गर्न नसके धरान खानेपानी व्यबस्थापन बोर्डले जिम्मा नलिने भएकाले कम्पनी नै जवाफदेही हुनुपर्ने प्रावधान भएकाले खानेपानीमा कुनै समस्या नहुने आयोजना प्रमुखको दावी रहेको छ ।  संस्थानको ३ वटा पम्पबाट दैनिक ६० लाख, आयोजनाको ७ वटा वेलबाट ९२ लाख २० हजार लिटर गरेर दैनिक एक करोड ५२ लाख २० हजार लिटर पानी आपूर्ति गर्न सकिने आयोजना प्रमुख पोखरेलले जानकारी दिए ।  

हाल धरानको ११, १७, १५,  नं. वडाहरुमा पानी वितरण शुरु भइसकेको छ । ११ को आदी भाग १६, ८नं. वडामा परीक्षणको काम हुदै छ । अरु वडामा क्रमश परीक्षण गरि एक महिना भित्र ४, ५ ६ र २० नं. वडा बाहेक सबै वडाहरुमा पानी वितरण गरिने पोखरेलले जानकारी दिए । यि चार वटा वडा आयोजना आउनु अघि विष्णुपादुका र पाँचकन्या गाविसमा पर्ने भएकाले परियोजनाको सम्झौतामा उल्लेख थिएन ।