जिरोपोइन्ट  । धरान १८ स्थित रहेको डिपो स्कुलको आयोजनामा यहि मंसिर ६ गते देखि १३ गतेसम्म १६औँ ललित अम्बर डिपो कप र लेट दिलकुमार प्लेट कप २०७६ हुने भएको छ ।
प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दइएको हो । सहभागी हुने विद्यार्थीको उचाइ ४ फुट १० इञ्चसम्म र उमेर १२ बर्षमुनिको हुनुपर्ने बताइएको छ ।

डिपो कपको बिजेताले नगद १० हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने समूहले नगद ५ हजार र तेस्रो हुनेले नगद ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो कपबाट बाहिरीएका समूहको प्रतिष्पर्धा हुने लेट दिलकुमार प्लेट कपको बिजेताले नगद ३ हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल मंसिर ६ गते डिपो स्कुलको समूह ए र मेरील्याण्ड स्कुलबीच हुने भएको छ ।

डिपो स्कुलको खेल मैदानमा हुने उक्त फुटबल प्रतियोगितमा धरानभरीका १३ वटा नीजि विद्यालयहरूको सहभागिता रहनेछ । कक्षा ५ सम्मका बालबालिकाहरु भित्र लुकेर रहेको प्रतिभालाई खेलकुदको माध्ययमबाट प्रस्फुटन गराउने उदेश्यले प्रतियोगीताको आयोजना गरीएको डिपो स्कुलका प्राचार्य राजकुमार राईले बताएका छन् ।