– नेकपाले धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारको रूपमा प्रकाश राईलाई नै बनाउनु पछाडिको कारण बताइदिनुस् न ?
यथार्थमा भन्नुपर्दा प्रकाश राई स्वर्गीय मेयर तारा सुब्बाको उत्तराधिकारी हो । सुब्बाका सपना र योजनाहरू प्रकाश राईबाट मात्र पूरा हुन सक्दछन् भन्ने नेकपाको मान्यता हो । प्रकाश राईप्रति धराने जनताले अथाह माया, विश्वास र भरोसा गरेका छन् । नेकपाको उम्मेदवार प्रकाश राई हुनुको नाताले मात्र होइन, उहाँसँग धरानको भविष्यसँग जोडिएका विकास निर्माणका स्पष्ट भिजन, मिसन र लक्ष्य छ । प्रकाशमा धरानवासी र धरानको विकास प्रति गहिरो लगाव, इच्छाशक्ति र समर्पण पनि छ । त्यसैले प्रकाश राई धरानको मेयर हुँदा नै धरानवासी र धरानको विकास सुनिश्चित हुन्छ भनेर पार्टीले उम्मेदवारीका लागि अगाडि सारेको हो ।

– धरानवासीले कम्युनिष्ट उम्मेदवारलाई नै निर्वाचित गर्दै आएका छन्, फेरि पनि नेपाल कम्युनिष्ट पार्टीलाई नै जिताउ“छन् भन्ने आधार के के छन् ?
धराने जनताले फेरि पनि कम्युनिष्ट उम्मेदवार अर्थात् नेकपालाई सहजै जिताउँछन् भन्ने आधार त धेरै छन् । यहाँ उहिले पञ्चायतकालमा बामपन्थी उम्मेदवारलाई नै जनताले निर्वाचित गरेको इतिहास छ । बहुदलकालमा र पछिल्लो शान्ति प्रक्रियापछि निरन्तर कम्युनिस्ट पार्टीकै उम्मेदवारलाई धराने जनताले विजयी गरेको इतिहास छ । विचार र चेतनामा, सङ्गठन र जनमतमा पनि धरान वमपन्थीहरूको मजबुत क्षेत्र हो । तपाईंको प्रश्नको पहिलो र दरिलो जवाफ यो एउटा हो । दोस्रो, धरानमा आजसम्म जे जति विकास निर्माणका कामहरू भए ती सबै कम्युनिष्ट पार्टीकै पहल र प्रयत्नमा भए । धरान एउटा जनसहभागितामा आधारित विकास निर्माणका लागि मुलुककै मोडेल सहर हो । जहाँ नगर सरकार, जनताको योगदान र सहकार्यमा विकासका कार्यहरू अगाडि बढिरहेका छन् । एउटा सुन्दर र सफा सहरको परिचय बनाएको धरान अब विस्तारै खेलकुद र पर्यटनको हब पनि बन्ने क्रममा छ ।

धरानलाई यो उचाइसम्म ल्याउन नेकपा, नेकपाको सरकार र नेतृत्वले महŒवपूर्ण भूमिका खैल्दै आएको विषयलाई धराने जनताले बिर्सने छैनन् । तेस्रो आधारमा भन्नुपर्दा नयँं सविधानमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी सङ्घीय राज्य, समानुपातिक सहभागितालगायतका जति पनि राजनीतिक उपलब्धिहरू हासिल भएका छन् त्यसमा नेकपाको प्रमुख र नेतृत्वदायी भूमिका रहेको छ । चौथो, नयँ सविधानको घोषणासगै सविधानको कार्यान्वयन गर्न र नेपाली जनताको विकास र समृद्धिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न स्थिर सरकारको खाँचो पूरा गर्न हामीले गएको निर्वाचनमा पार्टी एकता गर्दै वाम गठबन्धन ग¥याँै । त्यसलाई निर्वाचनमा व्यक्त जनताको अभिमतद्वारा सहर्ष अनुमोदन भयो । निर्वाचन पछि हामीले पार्टी एकता गरेर देशमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाएका छौं । नेकपा पार्टीको नेतृत्वमा शक्तिशाली सरकार छ । सात दशक लामो राजनीतिक अस्थिरता र अराजकता पनि सदाको लागि समाप्त भएको छ । नेकपाको नेतृत्वमा विकास र समृद्धिको युग तिर मुलुक अगाडि बढिरहेको छ । हिजो राजनीतिक परिवर्तनको अगुवाइ नेकपाले नै गरेको थियो भने आज विकास र समृद्धिको अगुवाइ पनि नेकपाले गरिरहेको छ । जनताले नेकपालाई जिताउने आधारहरू मुख्य रूपमा यिनै हुन् ।

– चुनावी घरदैलो अभियानमा कहा“ पुग्यो ? मतदाताहरूबाट कस्ता प्रतिक्रिया आइरहेका छन् ?
नेकपा उम्मेदवारलाई जिताउन हामीले २ हजार १ सय १ सदस्यीय उपमहानगर स्तरीय निर्वाचन परिचालन समिति गठन गरेर परिचालित भइसकेका छौं । थप १४ वटा उप समितिहरू पनि बनाएका छौँ । उपमहानगरका २० वटै वडाहरूमा पनि निर्वाचन परिचालन समितिहरू गठन गरेर ती वडाहरूमा सम्पर्क कार्यालयहरू समेत स्थापना गरेका छौं । हालसम्ममा ९ वटा वडाहरूमा उम्मेदवार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाहरूले वडा स्तरीय घरदैलो कार्यक्रम सञ्चालन जारी राखेका छन् । चुनावी प्रचारप्रसारका कार्यक्रमहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । नेकपालाई जिताउन मतदाताहरू उत्साहित देखिन्छन् । मतदाताहरूको प्रतिक्रिया विश्लेषण गर्दा नेकपाको तर्फबाट नगरको प्रमुख पदको उम्मेदवार प्रकाश राईलाई सबैले रुचाएको पाइएको छ ।

– पार्टी एकताले नेकपालाई चुनाव जित्न अझ सहज बनेको हो ?
हो, दुवै पक्षबाट दुई ठुला कम्युनिष्ट पार्टीहरूको मात्रा र गुण बीचको तालमेल गरी एकै ठाउँ उभिएर बनेको एकताले धरानमा चुनाव जित्न अझ सहज बनेको छ । कम्युनिस्ट क्रान्तिकारीहरूको एकता आजको वस्तुगत आवश्यकता हो भन्ने कुरा धराने मतदाताहरूले राम्रोसँग बुझेका छन् । राजनीतिक स्थायित्व दिने बलियो सरकार भएमा मात्र जनताका विकास र समृद्धिका आकाङ्क्षाहरू हासिल हुन सक्दछन् भन्ने कुरा पनि धरानवासीलाई थाहा छ । धेरै पार्टी होइन बलियो तर स्थायित्व दिने पार्टी आजको राष्ट्रिय आवश्यकता हो ।

– मुलुकलाई समृद्ध बनाउन र समाजवादी क्रान्तिलाई नेकपाले कसरी अगाडि बढाउ“छ ?
राजतन्त्रको अन्त्यसँगै र नयाँ सविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास भएपछि नेपाली राजनीतिको एउटा अध्याय पूरा भएको छ । कमरेड पुष्पलाल श्रेष्ठले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा सामन्तवाद तथा साम्राज्यवाद विरुद्ध नयाँ जनवादी क्रान्तिको कार्यदिशा अँगालेका थिए । तत्कालीन परिस्थितिमा उहाँको त्यो कार्यदिशा सही थियो । पछिल्लो अवस्थामा खास गरी ०१९ सालको तेस्रो महाधिवेशन यता पार्टी विभिन्न गुट र उपगुटहरूमा विभाजित भए पनि सवैले पुष्पलालकै लाइन समाते । तर, अहिले समय परिस्थिति फेरिएको छ । २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य भइसकेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएर कार्यान्वयनको चरणमा छ । नयँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार मूलभूत रूपमा पूरा भएकाले अब विकास र समृद्धिको नेतृत्व गर्दै समाजवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्नुपर्ने ऐतिहासिक दायित्व नेकपाको काँधमा आएको छ । यिनै वस्तुगत कारणहरूले हामीलाई पार्टी एकताको लागि प्रेरित ग¥यो । हिजो बाहिरी जगतले राजसंस्था वा नेपाली काङ्ग्रेस मात्र नेपालका स्थायी शक्ति हुन् भन्ने भ्रम पालेको थियो अब त्यो स्थिति पनि समाप्त भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै नेपाल राष्ट्र र नेपाली जनताको स्थायी र भरपर्दो शक्ति हो भन्ने सन्देश विश्वव्यापी रूपमा गएको छ । २३ वर्षपछि भएको चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको पनि रणनैतिक महŒव छ भनेर यसैमा जोडेर भन्न सकिन्छ । हामीले विकासको लागि त्रिदेशीय साझेदारीको कुरा पनि उठाएका छौँ, जुन कुराहरू विकास र समृद्धिका आधार हुन् ।

शक्तिशाली कम्युनिष्ट पार्टी र दुई तिहाई बहुमतको सरकारको बलमा निसङ्कोच लिम्पीयाधुरा, कालापानी, लिपुलेक मात्र होइन विगतका असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्न कुटनीतिक र राजनीतिक पहल समेत भइराखेको छ । नेपाली जनताले यी विषयहरूलाई सकारात्मक ढङ्गले लिएका छन् । क्रान्ति र समृद्धि एकअर्काका परिपूरक हुन् । हिजो समृद्धिको लागि क्रान्ति ग¥यौँ र त्यसले समृद्धीको लागि एउटा आधार तय गरेको थियो । आज समाजवादी क्रान्तिको लागि समृद्धि हासिल गर्छौँ । जुन समृद्धिले नै समाजवादको आधारस्तम्भ निर्माण गर्नेछ ।

– समग्र धरानको समृद्धि र विकास निर्माणका लागि पार्टीको योजना र नीति के के छन् ?
धरानको समृद्धि र विकास निर्माणमा फड्को मार्नका लागि पार्टीले अल्पकालीन र दीर्घकालीन नीति तथा योजना बनाएको छ । हामी सर्वसाधारण सेवाग्राही जनताको काममा आलटाल वा ढिलासुस्ती गर्ने कार्य र भष्टाचारको अन्त्य गर्न गर्न चाहन्छौँ । धरानमा सञ्चालिन खानेपानी आयोजनालाई सम्पन्न गरी र सहज र सरल रूपमा गुणस्तरीय पानी धरानवासीलाई उपलब्ध गराउन चाहन्छौँ । सर्दु, सेउती, सेरा, अँधेरीलगायतका खोलाहरूमा तटबन्धन निर्माण गरी खोलाका दायाँं बायाँ सडक, ढल, पार्क निर्माण गर्ने, बसपार्क निर्माणको कार्यलाई यसै कार्यकालमा सम्पन्न गरी स्मार्ट बसपार्क सञ्चालनमा ल्याउने र एयरपोर्ट निर्माणको प्रक्रिया अगाडि बढाउने योजना जारी छ । निर्माणाधीन धरान पानवारी सेराखोला छेउको औद्योगिक ग्राम र विजयपुरको बहुजातीय सङ्ग्रहालयलाई विशेष प्राथमिकता दिने, धरान नगर सरकारको प्रशासनलाई सेवाग्राहीप्रति थप पारदर्शी र जवाफदेही बनाउने, जनप्रतिनिधि र कर्मचारी मालिक होइनन् र जनताको सेवक हुन् भन्ने सोचको विकास गर्ने, जनप्रतिनिधिहरूलाई जनताप्रति जवाफदेही बनाउँदै जाने, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई पहिलो चरणमा घर धुरी नम्बर वितरण कार्य सम्पन्न गर्ने र दोस्रो चरणमा धनीपुर्जाको लागि पहल गर्ने नीति तथा योजनाहरू छन् ।

यस्तै, सबै बिजुलीका तारहरूलाई भूमिगत गर्ने लगायतका योजनाहरू पनि छन् । धरानलाई खेलकुद र पर्यटनको हब बनाउने हो । धरान रङ्गशाला र भक्तराज कन्दङ्वा क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना पनि छ । अन्य विषयगत खेलकुदका संरचनाहरू निर्माण गर्ने र शुरु गरिएका बहुवर्षीय आयोजनाहरू धरान हर्दिया कन्यापोखरी र धरान विष्णुपादुका आहाले सडकलाई पर्यटन प्रवद्र्धनसँग जोडेर तत्काल निर्माण कार्य सम्पन्न गर्ने, निजी क्षेत्रसँग सहकार्य गरेर धरान भेडेटार नाम्जे तथा धरान विष्णुपादुका वराहक्षेत्रमा केवलकार सञ्चालनमा ल्याइनेछ । पर्यटनका लागि निजी क्षेत्रसँगको साझेदारीमा अन्य पूर्वाधार निर्माण सम्पन्न गरिसकिनेछ । सबै खाले साहसिक खेल प्रवद्र्धनका लागि एक्स्ट्रीम पार्क निर्माण सम्पन्न गरिनेछ । नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरीजाप्रसाद कोइराला सत्तामा हुँदा धरानमा रहेका धेरै सरकारी कार्यालयहरू विराटनगर र इनरुवा लगियो । नेकपाको सरकार आएपछि प्रदेश सरकारको वन निर्देशनालयको कार्यालय स्थापना भएको छ । पर्यटन निर्देशनालयको कार्यालय राख्ने निर्णय भइसकेको छ । मालपोत र नापी कार्यालयहरू स्थापना भएका छन् । अब हामीले प्रदेश प्रमुखको कार्यालय र खेलकुदको निर्देशनालय पनि धरानमा ल्याउने योजना बनाएका छाँै । यसरी धरानलाई प्रशासनिक केन्द्र पनि बनाउने नेकपाको नीति र योजना छ ।

– निकटतम प्रतिस्पर्धीको तुलनामा नेकपाका उम्मेदवार प्रकाश राई नै विजयी हुने आधार के छन् ?
गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदमा तिलक राई नै उठ्नुभएको थियो । त्यसबेला उहाँले प्राप्त गरेको मत १६ हजार लगभग हो । दिवंगत मेयर तारा सुब्बाले प्राप्त गरेको मत २० हजार हो (साविक एमाले) । अइन्द्र विक्रम बेघाले प्राप्त गरेको मत ११ हजार हो (साविक माओवादी केन्द्र) । अहिले पार्टी एकता भएर नेकपा बनेपछि नेकपाको मत ३० हजार रहेको छ । यो ३० हजार मत भनेको प्रकाश राईलाई जाने मत हो । यसरी मतको अन्तर हेर्दा प्रकाश राईको विजयलाई सहजै अनुमान गर्न सकिन्छ ।

नगर प्रमुख हुनु भनेको स्थानीय सरकारमार्फत धरान र धरानवासीको अझ बढी सेवा र विकास गर्नु हो । तिलक राईको व्यक्तिगत इच्छा त्यो हुन सक्छ तर वस्तुगत अवस्था त्यस्तो छैन । १५ वटा वडाहरूमा नेकपाको सेट छ । ५ वटा वडामा मात्र काङ्ग्रेसको सेट छ । यस्तो अवस्थामा मानि लिऔं, कथम् कदाचित् तिलक राईले जित्नुभयो भने पनि अल्पमतको सरकार जस्तो हुन्छ । दुई तिहाई बहुमत प्रतिपक्षमा हुन्छ । के यस्तो अवस्थामा धरानको विकास हुन्छ ? यस कुरालाई धरानका सचेत नगरवासीले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले जहिल्यै पनि मतदाताहरूले आफ्नो मत हाल्दा सकेसम्म आफ्नो मत खेर नजाओस् भनेर सोच्छन् ।

– नगरप्रमुखका अन्य आकाङ्क्षीहरूमा गजेन्द्र लिम्बू र अमर इजमको उम्मेदवारी छ । यस्तो अवस्थामा र लिम्बू समुदायको मत के होला ?
– पहिलो कुरा त धरानका नागरिकहरू शिक्षित, राजैनतिक, सामाजिक, हरेक दृष्टिले निकै सचेत पनि छन्् । सही र गलत छुट्याउने सामथ्र्य उहाँहरूको छ । विगत र वर्तमान पनि धरानको जनताले जाति, वंश, नाताभन्दा माथि उठेर धरानको समृद्धि र विकासको लागि आफ्नो मत व्यक्त गरेका छन् र गर्र्नेछन् । त्यसैले लिम्बू समुदायको र अन्य सबै समुदायको मत पनि प्रकाश राईलाई नै आउँछ । समाजवादीका उम्मेदवार गजेन्द्र लिम्बू र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उम्मेदवार अमर ईजम लिम्बू भएकैले सबै लिम्बूको मत उहाँहरूलाई जाँदैन । उहाँहरूको उम्मेदवारी भनेको आफ्नो मत सुरक्षित गर्नका लागि हो । त्यसकारण उहाँहरूलाई आफ्ना केही नेता कार्यकर्ताको मत जाला तर आम समुदायको मत जित्ने र आधारभूत ऐजेण्डा बोक्ने उम्मेदवार प्रकाश राईलाई नै जाने हो । यसर्थ फेरि पनि धरानको विकास र समृद्धिको लागि नेकपाको उम्मेदवार कमरेड प्रकाश राईलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण नगरवासीमा म हार्दिक अपिल गर्दछु । धन्यवाद ।