धरान / धरानमा रहेको व्हाईट हाउस कलेजले बेलायत को ओथम क्वालिफिकेसन(OTHM Qualification) को नेपालको लागि आधिकारिक रुपमा सम्बन्धन बितरण गर्ने संस्थाको रूपमा मान्यता प्राप्त गरेको छ ।ईन्टरनेशनल डिप्लोमा इन कुलनरी आर्ट्सको लेभल ३ र ४, इन्टरनेशनल डिप्लोमा ईन होटल म्यानेजमेन्ट लेभल तीन र चार को लागि इत्ज्ः त्तगबषिष्अबतष्यल ग्प् ९ ओथम क्वालिफिकेसन, यु के को कोर्षमा बिगत तीन बर्ष देखि कक्षा गर्दै आएको यस कलेजले थप ४ वटा विषयमा आधिकारिक रुपमा सम्बन्धन बितरण गर्न सक्नेछ । नेपालमा भएका संस्थाहरुले उक्त बिषयमा आधिकारिक रुपमा इत्ज्ः त्तगबषिष्अबतष्यल,ग्प् ९ ओथम क्वालिफिकेसन, यु के ० को सम्बन्धन लिन चाहेमा व्हाईट हाउस धरानले उक्त सम्बन्धन उपलब्ध गराउन सक्ने छ । यो भन्दा अगाडि व्हाईट हाउस धरान लगायत नेपालका अन्य संस्थाले भारतको दिल्ली अवस्तिथ म्याट्रइक्स इन्फोसिस ९ ःबतचष्ह क्ष्लायकथक० अन्तर्गत ओथम क्वालिफिकेसन, यु के को कोर्षहरु सन्चालन गर्दै आएको थिए अब भारतको त्यो संस्था ले उपलब्ध गराउदै आएको थियो । अव भने धरानबाट अरुले सम्बन्धन लिन सक्ने छन् । व्हाईट हाउसका सि ईओ अरुणकुमार प्रधानले जानकारी दिए ।
प्राविधिक शिक्षा अन्तर्गत पढाईने यो कोर्षमा एसईई दिएकाले लेभल तीन र प्लस टु गरेकाले लेभल चारमा अध्ययन गर्न पाउने छन् । छ महिनाको अध्ययन पछि चाइना लगायत अन्य तेस्रो मुलुकका उत्कृष्ट पाँच तारे होटलमा छ महिना देखि एक बर्ष सम्म ईन्टर्नसिप ,त्यस पश्चात् रोजगारिको अवसर प्राप्त गर्ने प्रधानले जानकारी दिए ।