उर्लाबारी । उर्लाबारी जेसीजले भारतले पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरामा सिमा अतिक्रमण गरेको बिषयमा उत्पन्न सिमा विवाद कुटनितीक तहबाट छिटो समाधान गरी बर्षौ देखिको वन्धुत्वको भावनाको प्रभावीत हुन नदिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार जेसीजका अध्यक्ष विनोदप्रसाद ओली र महासचिव लोलीम पोमू लिम्बुले संयुक्त हस्ताक्षर गरी जारी गरेको प्रेस बिज्ञप्तीमा जेसीज आस्थामा उल्लेख भएको वाक्यशं “मनुश्यको वन्धुन्वको भावना राष्ट्रहरुको प्रभुसत्ता देखि सर्वोपरी छ ” अर्थात मनुश्यको बन्धुन्वको भावानालाई कुनैपनि राष्ट्रको सिमा रेखाले रोक्न सक्दैन साथै “शासन व्याक्तीको होईन विधीको हुनु पर्दछ ” भन्ने मुल मन्त्रलाई जेसीजले सदैव पालना गर्ने हुनाले वर्तमान परिवेशमा नेपाल र भारत विच देखिएको सिमा विवाद सम्वन्धमा उर्लाबारी जेसीजको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ ।

साथै बिज्ञप्तीको अन्त्यमा सिमा विवाद सम्बन्धमा नेपाल सरकारले कुटनितीक पहलबाट समस्याको छिटो समाधान गरी दुवै राष्ट्रका नागरिकहरु विच सदीया“ै रही आएको बन्धुत्वको भावनामा ठेस नपुगोस भन्ने चाहाना राखेको हुनाले यसै बिज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ  जनाईएको छ ।