रंगेली । हिउदे खेतिको समय सुरु भए सँगै किसन रसायनिक मलको जोहोमा जुटने गर्छन । यसपटक किसानले मलको अभाव खेप्नु नपर्ने भएको हो ।
कृषी सामग्री कम्पनि प्रदेश १ ले यस आवश्यक मल मौजदात रहेको जनाएको छ । प्रदेश किसानले सहजै मल पाउन सक्न कार्यालयले जनाएको छ । किसानको माग अनुसारको मल उपलब्ध गराउन सक्ने कृषी सामग्री कम्पनिका प्रादेशीक प्रमुख राजेन्द बहादुर कार्कीले बताए । उनले भने ‘प्रदेशलाई पुग्ने मल हामी सँग रहेको छ ।

कम्पनी सँग अहिले ६ सय टन डिएपी,७ हजार ५ सय टन युरीया र २५ सय टन पोटास रहेको छ । त्यसका अलावा भारतबाट आउने क्रममा पनि रहेको प्रमुद कार्कीले बताए । कार्यालयले प्रदेश १ का १४ जिल्ला बाहेक प्रदेश २ का दुई जिल्लामा पनि रासयनीक मल निर्यात गर्ने गरेको छ । प्रदेश २ का लहान र राजविराजमा पनि मल पठाउने गरिएको कार्कीले बताए । कार्यालयले सहकारीको माध्यमबाट किसानलाई मल उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय विउ विजन सँग एकीकरण भएकोले कम्पनीले अहिले विउको पनि विक्रि वितरण सुरु गरेको छ । ‘ अहिले हामी सँग मल प्रयाप्त रहको छ ।’ काकीले भने ‘बरु विउ भने किसानको माग अनुसार पुर गर्न सकेका छैनौ ।’ कम्पनीले गहु,मकै,जैघास,मुसुरी,धान लागयतका बालीको विउ किसानललाई उपलब्ध गराउदै आएको छ । अहिले गहुँको विउ खोजने किसानहारुको सँग बढी रहेको उनले बताए । गरिमा धानमा किसानले धोका पाएकोले गुहुको विउ खोजने किसानको सँख्या बढेको हुन सक्ने उनको तर्क छ । यद्यपी निजि क्षेत्रबाट पनि प्रयाप्त विउ उपलब्ध हुने भएकोले ठूलो समस्या भने नभएको उनले बताए ।