धरान । तरहरामा हेमन यात्री र रोशन परियारले कविता वाचन गर्ने भएका छन् । तरहरामा रहेको क्यानभास साहित्य समाजकाे अायाेजनामा आगामी शनिबार ७ गते इटहरी २ बरगाछीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा कवि हेमन यात्री र रोशन परियारले कविता वाचन  गर्ने  क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले जानकारी दिए । 

२०७२ सालदेखि तरहरामा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको क्यानभासकाे आयोजना हुनलागेकाे कविता वाचन कार्यक्रम दुइ कविहरुले दुइ दर्जन कविता सुनाउने भएका छन् ।

साहित्यको माध्यमबाट तरहरालाई चिनाउँनका लागि र नव प्रतिभालाई पनि प्रोत्साहन गर्नका लागि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले बताए ।