उदयपुर/ उदयपुरका एक होटल व्यवसायीले यौनजन्य क्रियाकलाप गराएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका–११ का एस.के. पेट्रोल पम्पपछाडि सुष्मा राईले सञ्चालन गर्दै आएको होटलबाट ३ महिला र ५ जना पुरुष पक्राउ परेका हुन् ।

त्रिनपा–१० निबासी राईले सञ्चालन गर्दै आएको होटलमा हो–हल्ला र यौनजन्य क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शङ्कास्पद अवस्थामा फेला परेका व्यक्तिहरू र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यौनजन्य क्रियाकलापमा संलग्न ३ महिला र ६ पुरुषसहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।